पोखरा, ८ चैत । आदर्श समाज दैनिकका संवाददाता रञ्जन अधिकारी जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार-२०७४ बाट पुरस्कृत हुने भएका छन् । त्यस्तै, अघिल्लो वर्षको सोही नामको पुरस्कार पत्रकार रुद्र श्रीषमगरलाई दिइने भएको छ ।
प्रतिभा छनोट समितिले पत्रकारद्वय अधिकारी र श्रीषमगरलाई पुरस्कृत गर्न सिफारिस गरेकोमा पत्रकार महासंघ कास्कीको बिहीबार बसेको बैठकले सो निर्णय गरेको महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
सिग्देल परिवारद्वारा स्थापित सो पुरस्कार पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दैआएको छ । यही चैत १६ मा एक समारोह गरी दुवै वर्षको पुरस्कार प्रदान गरिनेछ ।
प्रतिभा छनोट समितिमा पुण्य पौडेल, घनश्याम पाण्डे, दुर्गा अधिकारी, महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सिना थिए ।
विगत ९ वर्षदेखि पत्रकारितामा क्रियाशील पत्रकार अधिकारी आदर्श समाज दैनिकसँगै बिग एफएम, गण्डकन्यूज डटकममा कार्यरत छन् ।
धादिङ पत्रकार समाज पोखराका अध्यक्ष समेत रहेका उनी पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य र खेलकुद पत्रकार मञ्च कास्की सचिव छन् ।२०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता शुरु गरेका अधिकारी छापा, रेडियो र अनलाईन सञ्चारमाध्यममा आवद्ध छन् । निरन्तर रेडियो पत्रकारितामा क्रियाशी उनी गोलनेपाल डटकम, खेलदैनिक डटकम र एभिन्युज टेलिभिजनमा जोडिएका छन् । अधिकारी यसअघि यातायात पत्रकारिता पुरस्कार २०७३ बाट सम्मानित भएका छन् ।
यस्तै, पत्रकार श्रीषमगर कास्की आवाज राष्ट्रिय दैनिक र फेवा टेलिभिजनमा आबद्ध छन् । ११ वर्षदेखि पत्रकारितामा क्रियाशील उनी नेपाल मगर पत्रकार महासंघका उपमहासचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय पार्सद तथा पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य हुन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१