सेभेन लेकको स्थापना दिवसमा वृद्ध वृद्धालाई सहयोग

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७४
7 lakes sagakarai

लेखनाथ, २१ फागुन।पोखरा लेखनाथ महानगरपालिका वडा नं २६ को बुढिबजारमा रहेको सेभन लेक कृषि सहकारी संस्थाले आफ्नो चौथो स्थापना दिवसको अवसर पारेर बृद्धबृदालाई सहयोग गरेको छ ।

स्थापना दिवसको अवसरमा पोखरा लेखनाथ महानरपालिका वडा नं २७ को सहेलापाखामा रहेको श्रीकृष्ण प्रणामी बाल तथा बृद्धाश्रमका बृद्धबृदाका लागि संस्थाले आवश्यक पर्ने खाद्यान्न सामाग्री प्रदान गरेको हो।

सहकारीले सामाजिक क्षेत्रमा देखाउँदै आएको अग्रसरतालाई मध्यनजर राख्दै आश्रमका अध्यक्ष दुर्गाप्रसाद गौतमलाई उक्त सामाग्री सस्थाका अध्यक्षसहितको टोलीले हस्तान्तरण गरेको हो।

संस्थाका अध्यक्ष रामचन्द्र तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार सोमलाल कँडेल, बिष्णु पुन, हेमराज बराल र ब्यवस्थापक कृष्णप्रसाद अधिकारीले बृद्धाश्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा पनि यस प्रकारको सहयोग निरन्तर रहिरहने विचार राखेका थिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width