काठमाडौं, १६ माघ । शहीद दिवसकै दिन गंगामाया अधिकारीले पुनः आमरण अनशन शुरु गरेकी छन् । छोराको हत्यारालाई कारबाही गर्नुपर्ने मागसहित १३ वर्षदेखि सत्याग्रहमा होमिएकी गोरखा फुजेलकी ६१ वर्षे अधिकारी भन्छिन्-‘जबसम्म मलाई न्याय दिइँदैन, तबसम्म मेरो प्राणै जाओस् बरु अनशन तोडदिनँ ।’
अघिल्ला सत्याग्रहमा उनका साथमा पति नन्दप्रसाद हमेसा हुने गर्थे। मुखमा अन्नपानी नपरेको ३ सय ६० दिनपछि वीर अस्पतालमै २०७१ असोज ६ गते उनको निधन भएको थियो।
‘मलाई पनि उहाँसँगै मर्न दिएको भए हुन्थ्यो तर जबरजस्ती नै खुवाइयो’-गंगामाया भन्छिन्-‘धेरैले मलाई न्याय पाइन्छ, धैर्य गर्नुस् भनेर सान्त्वना दिइरहे, तर अब मैले हार खाइसकेँ, न्याय पाइने छाँट देखिन, त्यसैले अब अन्तिम उपायको प्रयोग गर्दैछु।’
अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका आफ्ना १७ वर्षे छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै आमरण अनशनमा बसेका बेला बितेका नन्दप्रसादको लाश अझै पनि शिक्षण अस्पतालमा राखिएको छ।
आफ्नो जेठो छोरा नुरप्रसाद अधिकारी पनि ४ वर्षदेखि बेपत्ता भएकाले परिवारमै एक्लो हुनु परेको पीडाले गंगामायालाई बरोबर रुवाइरहन्छ।
‘मेरो निकै सुन्दर र सानो परिवार थियो, आफ्नै घरजग्गा र खेतिवारी थियो’ छोराको हत्या अघि कहिल्यै काठमाडौं समेत नआएकी गोरखा फुजेलकी गंगामाया भन्छिन्-‘तर अपराधीहरुले यो खुसी देख्न सकेनन्, छोरा मारियो, न्याय माग्दा बुढा मरे, भएको अर्को छोरो मरेरबाँचेको पत्तो छैन, म अब कसको मुख हेरेर बाँचौं ।’
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१