पराजुली र भण्डारीको सम्मान

आदर्श समाज सम्वाददाता
माघ १५, २०७४
ganga

पोखरा, १४ माघ  : न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष गंगाधर पराजुली र सदस्य विमला भण्डारीलाई पोखरामा आइतबार सम्मान गरिएको छ ।

पोखराको पत्रकारितामा क्रियाशील रही सञ्चार क्षेत्रको एउटा महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेकोमा नेपाल पत्रकार महासंघ, कास्कीले महासंघको सभाहलमा एक कार्यक्रम गरी उनीहरुलाई सम्मान गरेको हो ।

पत्रकार महासंघ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पराजुली र भण्डारीले प्राप्त गरेको यो जिम्मेवारी पोखरेली सञ्चारकर्मीका लागि गौरवको विषय भएको उल्लेख गरे।

नवनियुक्त अध्यक्ष एवं सदस्यबाट आम सञ्चारकर्मीले गरेको अपेक्षालाई केही न केहीमात्रामा सम्बोधन हुने विश्वास उनले व्यक्त गरे।

समिति अध्यक्ष पराजुलीले यसअघि विसं २०७२ साउनमा निर्धारण भएको न्यूनतम पारिश्रमिक त्यसयता पुनरावलोकन नभएको बताउँदै त्यसलाई समयसापेक्ष बनाउँदै कार्यान्वयनका लागि पहल गर्ने बताए।

नेपालमा करिब ३८ प्रतिशतले मात्र न्यूनतम पारिश्रमिक प्राप्त गरेको तथ्यांकले देखाएको बताउँदै उनले सञ्चारसम्बद्ध क्षेत्र एवं निकायबीच समन्वय गरी यसको सफल कार्यान्वयनका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरे।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य विमला भण्डारीले यसअघिको समितिले गरेका कामलाई निरन्तरता एवं नयाँ कार्ययोजनाका साथ अघि बढ्ने बताइन् ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष एवं पत्रकार महासंघ कास्कीका सल्लाहकार रमेश पौडेल, महासंघ कास्कीका पूर्वअध्यक्षद्वय रवीन्द्र बास्तोला र पुण्य पौडेल, पूर्वसचिव नवराज सुवेदी लगायत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै