विद्यार्थीले थाले आमरण अनशन

आदर्श समाज सम्वाददाता
माघ १५, २०७४
ansan

पोखरा, १४ माघ । नयाँ शक्ति विद्यार्थी युनियनले पृथ्वीनारायण क्याम्पसको पारदर्शिता माग गर्दै आमरण अनशन थालेको छ।

क्याम्पसमा व्यापक अनियमितता भएको गुनासो सहित तत्काल छानबिन माग गर्दै आइतबारदेखि नयाँ शक्तिका दुर्इ विद्यार्थी अनशनमा छन्। विज्ञान संकाय तेश्रो वर्षका विद्यार्थी नरेन्द्र बसेल र कानुन संकाय चौथो वर्षका विद्यार्थी कृष्ण अधिकारीले अनशन थालेका हुन्। उनीहरुले क्याम्पसको स्वर्णजयन्ती स्मृति भवनमा भएको अनियमितता छानबिन गरी दोषीउपर कायरबाही माग गरेका छन् ।

यस्तै, अहिलेसम्मकै वाषिर्क आम्दानी खर्च सार्वजनिक सुनुवाइ मार्फत सार्वजनिक गर्न आहृवान समेत गरेका छन्। क्याम्पसमा भैरहेको राजनीतिक भागबन्डा अन्त्य गरी क्षमताका आधारमा पारदर्शी ढंगले नियुक्ती दिने व्यवस्था गर्न उनीहरुको माग छ। क्याम्पसको नियमित कामकाज डिजिटल बनाउनुपर्ने र एउटै क्याम्पसमा दुर्इ शिक्षा प्रणाली अन्त्य गरी समान शिक्षाको व्यवस्था तय गर्न उनीहरुले सुझाव दिए।

माग पूरा नभएसम्म अनशन अन्त्य नहुने विद्यार्थीले बताएका छन्। ‘हाम्रो माग सुनुवाइ नभएसम्म अनशन रोकिँदैन’-विद्यार्थी कृष्ण अधिकारीले भने-‘माग गम्भीरता पूर्वक लिइयोस् र जतिसक्दो छिटो माग पूरा गरियोस्।’ उनीहरुले मागप्रति बेवास्ता गरिए क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनिदिने चेतावनी पनि दिएका छन्। नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रिय महासचिव नेत्र चापागाईंले क्याम्पस सुधारका माग सबैको साझा एजेन्डा भएकाले ऐक्यबद्धता जनाउन अन्य विद्यार्थी संगठनलाई आग्रह गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width