सफाइ अभियान सेतीघाट छिर्दै

आदर्श समाज सम्वाददाता
माघ १२, २०७४
cleaning 9

पोखरा, ११ माघ। फिर्के-बुलौंदी सफाइसँगै अघि बढेको पोखरा उपत्यका बृहत सफाइ अभियान ८७ औं हप्तादेखि सेतीघाट सफाइमा प्रवेश गर्ने भएको छ ।

आगामी शनिबारदेखि पोखरा-२५ स्थित सेती-मर्दीको दोभानघाटबाट उक्त अभियान शुरु गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

सेतीनदी पवित्र हुँदाहुँदै सरोकारवाला निकाय र स्थानीय सरकारको अदूरदर्शिताका कारण मलमूत्रसमेतका दुर्गन्धित ढल प्रशोधन नै नगरी सोझै सेतीमा खसाल्ने गरेको पाइकोले सरसफाइको जनचेतनामूलक अभियानका रुपमा अबको सरसफाइ उक्त क्षेत्रमा गरिने अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिए । ‘हप्ताको एक घण्टा, राष्ट्रका लागि’ भन्ने मूलमन्त्रका साथ सरसफाइ अभियानलाई जनचेतनामूलक अभियानका रुपमा सञ्चालन गरिएको उनले बताए ।

अभियानअर्न्तर्गत हालसम्म करिब १ हजार २ सय ९५ टन फोहोर व्यवस्थापन गरिसकिएको जनाइएको छ । यस्तै, सफाइ अभियानमा हालसम्म करिब १ हजार ७ सय ८५ संघसंस्था र करिब १ लाख १२ हजार ८ सय जनाले सहभागिता जनाएको बताइएको छ।

अभियान शुरु भएपछि माटेपानी मनाङ्गी गुम्बा, कृस्तिको जन्ती किचेढुङ्गा, नदीपुरको नाराणस्थान मन्दिर परिसर, वडा ९ को अकलादेवी मन्दिर, फेवातालको जलकुम्भी झार सफाइ, वडा ३२ को राजाको चौतारा, भद्रकाली मन्दिर परिसर, महेन्द्रपुलमुनिको फोहरको थुप्रेा, माछापुच्छ्रे गाउँपालिकाअर्न्तर्गत रिभान जोड्ने नयाँपुलस्थित मर्दिखोलाको फोहोरसम्म व्यवस्थापन गरिएको छ ।

यस्तै, हर्पनखोलाको डम्पिङसाइट र अर्मलाको २ सय ९८ रोपनी बेवारिसे सार्वजनिक जग्गाको पहिचान र दर्ता रोक्का प्रक्रिया सफाइ अभियानको ऐतिहासिक उपलब्धि रहेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।

सरसफाइ अभियानअर्न्तर्गत महेन्द्रपुलचोकदेखि अख्तियार कार्यालय नयाँबजारसम्म, राष्ट्रबैंकचोकदेखि फेवाताल किनारस्थित ड्यामसाइडपार्कसम्म र शान्तिनगरचोकदेखि बुँलौंदी खोलासम्मको क्षेत्रलाई पूर्ण सरसफाइ क्षेत्र घोषणा गरिकिएकोे छ।

अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, प्राविधिक सहयोग जुटाउने पोखरा महानगरपालिका, खानेपानी क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय, पहिलो श्रृंखलादेखि नै मुक्तिनाथ विकास बैंक, ५२ औं हप्तादेखि ओम डेभलपमेन्ट बैंक र ७८ औं हप्तादेखि एनआइसी एशिया बैंक लगायत विभिन्न संघसंस्थाले नियमित रुपमा प्रत्यक्ष सहयोग गर्दैआएका छन् ।

कार्यक्रममा अभियन्ता शशी तुलाचन, लोकदर्शन कोइराला, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width