पोखरा, २२ पुस । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आउँदो ५ वर्षका लागि काँग्रेस प्रतिपक्षमा बस्नुपर्ने बताएका छन् । ५ वर्षसम्म कम्युनिष्टलाई सरकार चलाउन दिएर काँग्रेसले बाहिरबाट सघाउनुपर्ने उनको धारणा छ ।
पोखरामा शनिबार आयोजित नेपाली काँग्रेसको नीति, संरचना एवं रणनीति विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले पुरानै सोचले पार्टीचल्न नसक्ने भन्दै रुपान्तरणको लागि गुटभन्दामाथि उठ्न कार्यकर्तालाई निर्देशन दिए ।
उनले तत्कालै केन्द्रिय समितिको बैठक बोलाएर महासमिति बैठकको मिति तोक्नुपर्ने बताएका छन् । ‘पार्टीनेतृत्वले छिट्टै केन्द्रिय समिति बैठक बोलाउनुपर्छ । बैठकमा निर्वाचनका परिणामबारे समीक्षा गर्दै आगामी कार्यनीति तयार गर्नुपर्छ’-उनले भने-‘अब पार्टीबचाउन गुटगत राजनीति छोडेर पार्टीर जनहितमा लागौं । फेरि पहिलो शक्ति बन्न सक्छौं ।’ पार्टीका वैचारिक खडेरी परेको भन्दै बौद्धिक समुदायले पार्टीका नेतालाई खबरदारी गर्नुपर्ने समय आएको उनको भनाइ छ ।
कार्यक्रममा सहभागी बौद्धिक समूदायले काँग्रेसको नीतिगत अस्पष्टता र शीर्षनेताको नेतृत्व क्षमता कमजोर भएकै कारण पार्टीे क्षति ब्यहोरेको बताए । उनीहरुले पार्टीकाई ‘मासबेस’ बाट ‘क्याडरबेस’ मा रूपान्तरण गर्नुपर्ने सुझाव दिए।
काँग्रेसले गरेका जनप्रिय र लोककल्याणकारी कार्यक्रमलाई पनि जनतासामु प्रचार गर्न नसकेको भन्दै सहभागीले पार्टीविधान र संस्थागत हिसाबले नचलेकोप्रति गुनासो पोखे ।
कार्यक्रममा काँग्रेस नेता देवराज चालिसेले काँग्रेसको नीति, संरचना एवं रणनीति विषयमा अवधारणापत्र प्रस्तुत गरेका थिए ।
गोष्ठीमा काँग्रेसको नीति, विधान, रणनीति, सांगठानिक संरचना लगायत विषयमा छलफल गरिएको थियो । सोही अवसरमा प्राज्ञ प्रभातको ५ औं अंक पनि सार्वजनिक गरियो ।
Related News
सम्बन्धित समाचार
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१