पोखरा, १६ पुस। पोखरा १५ स्थित रेन्वो एकेडेमिक होम्स्का कक्षा १० का विद्यार्थीले पोखरा वृद्धाश्रमका वृद्धवृद्धालाई खाना खुवाएका छन्।
कक्षा १० का ७७ जना विद्यार्थीले वृद्धाश्रमका ७० जना वृद्धवृद्धा र १० कर्मचारीलाई वृद्धाश्रममै पुगेर आफैले खाना पकाई खुवाएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख रुद्रप्रसाद पौडेलले जानकारी दिए।
इन्टरनेशनल स्कूल अवार्ड (आईएसए) प्रोजेक्टअन्तर्गत भएको कार्यक्रममा आश्रमका अध्यक्ष टीकाबहादुर भण्डारीले ज्येष्ठ नागरिको अवस्था तथा आश्रमबारे प्रकाश पार्दै आफ्ना घरका ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने सुझाव विद्यार्थीलाई दिए।
विद्यालयका प्राचार्य बाबुराम बरालले ज्येष्ठ नागरिकलाई समाजले सम्मान गर्नुपर्ने तथा विद्यार्थीले ज्येष्ठ नागरिकको अवस्थाबाट जीवनमा पाठ सिक्नुपर्ने बताए। विद्यार्थीको साथमा विद्यालयका सहप्राचार्य कृष्णप्रसाद ढकाल तथा भावना थापालगायत शिक्षक सहभागी थिए।
Related News
सम्बन्धित समाचार
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१