१. प्रतिभावान एवं योग्य नेपालीहरूले केही वर्षदेखि आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रिर्कर्डमा लेखाउन सफल भएका छन्। त्यसरी लेखाउने क्रममा काठमाडौको सूयोर्दय ज्योति स्कुलका २ कक्षामा पढ्ने आठ वर्षीय छात्र सौगात विष्टले पनि गत साता आफ्नो नाम गिनिज बुकमा दर्ता गराउन सफल भएका छन्।
२. आठ वर्षीय केटोले गिनिज बुकमा नाम दर्ता गराउनु चानचुने कुरा होइन। सौगात पनि चानचुने भएको भए त्यसरी नाम गिनिज बुकमा दर्ता गराउन सक्ने थिएनन्। उनले सानै उमेरमा फिल्मको निर्देशन गर्न सफल भएकाले उनको नाम वर्ल्ड रिर्कर्डमा दर्ता गरिएको हो। उनले ‘लभ यु बाबा’ फिल्ममा निर्देशन गरेबापत उनी विश्वको कान्छा निर्देशन भएका हुन्।
३. सौगातले निर्देशन गरेको ‘लभ यु बाबा’ फिल्म गत मङ्सिर २६ गते सिनेमा हलहरूमा प्रदर्शन गरिएको थियो। त्यो फिल्म प्रदर्शन भएको दिन उनी सात वर्ष तीन सय ४० दिनका थिए। यसअघि भारतको बैङ्गलौरका नौ वर्षका क्रिसेन श्रीकान्त नामका नौ वर्षका बालक कान्छा निर्देशकमा रहेका थिए।
४. कान्छा निर्देशक सौगातले त्यसअघि एउटा विज्ञापनमा काम गरेका थिए। उनले ‘कखरा’ र ‘जन्मभूमि’ मा एक्टरका रूपमा भूमिका निभाए। उनले एक्टरको रूपमा भूमिका निभाउँदै निर्देशनको कामतिर खुब नियाले। के लागेर हो उनले आफ्नो बाबा गजित विष्टलाई आफूले पनि निर्देशन गर्ने विचार व्यक्त गरे।
५. सौगातको बाबाले कम्प्युटर हेरेर नौ वर्षको बालकले निर्देशन गरेको थाहा पाए। उनले नौ वर्षको बालकले गर्न सक्छन् भने आठ वर्षकाले किन नसक्ने भन्ने विचार गरेर छोरालाई त्यसमा प्रोत्साहित गरे। सौगातले आत्मविश्वास बटुलेर सामान्य कुरा सिके र निर्देशन गर्न प्रारम्भ गरे। उनी त्यसमा सफल पनि भए।
६. नेपालको राष्ट्रिय पोशाक दौरा सुरुवाल लाएरै निर्देशन गर्ने उनले आफ्नो निर्देशनको काम प्रत्येक दुर्इ वर्षमा एकपटक गर्ने विचार गरेका छन्। उनले आफ्नो पढाइ ब्रि्रेला भनेर त्यस्तो विचार गरेका हुन्। उनी खुलकुद र नृत्यमा पनि उत्तिकै दखल राख्छन्। विद्यालयले आयोजना गर्ने प्रतिनिधित्व गर्ने कुनै पनि कार्यक्रममा उनलाई छुटाउँदैनन्।
७. नेपाललाई विश्वसामु चिनाउन प्रतिभावान बौद्धिक व्यक्तिहरूले आ-आफै किसिमले प्रयास गर्दैछन्। त्यस क्रममा आएको यो सौगातको सफलता एक महत्त्वपूर्ण कुरा हो। यस्तो व्यक्तिलाई सरकारले उचित प्रोत्साहन दिनुपर्दछ। त्यसको साथै अन्य सङ्घसंस्थाले पनि उनको हौसला एवं उत्साह के कसरी बनाउने त्यसमा ख्याल गर्नुपर्दछ। उनको प्रतिभा अरु प्रस्फुरण होस्, हामी त्यसको लागि शुभकामना व्यक्त गर्दछौँ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१