१. सरकारले लामो समयको प्रतीक्षा शुक्रबार १७ सभासद्को मनोनयन गरेको छ। संविधानसभाको निर्वाचनलगत्तै कुल २६ जना मनोनीत गर्नुपर्नेमा नौ महिनापछि बल्ल १७ जनाको मनोनयन गरिएको छ। मनोनीत भएका सभासदमध्ये ८ नेपाली काङ्ग्रेस, ८ जना एमालेका र एक राप्रपा नेपालका छन्।
२. नेपाली काङ्ग्रेसको सिफारिसमा मनोनीत भएकामा राधेश्याम अधिकारी, शिवबहादुर खड्का, पुष्कर आचार्य, रेशम बानियाँ, सकलदेव सुनिहार, सूर्यदेव दास उराव, उमेश श्रेष्ठ र अनिलकुमार रुङ्टा छन्। उमेश श्रेष्ठ र रुङ्टाबाहेक अरु नेपालीका काङ्ग्रेसका विभिन्न तहमा रही सक्रिय नेता हुन् भने श्रेष्ठ निजी बोर्र्डिङका सञ्चालक र रुङ्टा वीरगञ्जका व्यापारी हुन्।
३. एमालेको कोटाबाट मनोनीत भएकामा अग्नि खरेल, उदय नेपाली श्रेष्ठ, गंगादेवी डाँगी, मीरा ध्वजु, पेम्बा भोटे, नरेश खरेल, डा. राजन भट्टराई, पर्वमान धिमाल छन्। खरेल पूर्व सभासद् हुन् भने श्रेष्ठ पूर्व कनुन सचिव भएर रिटायर्ड कर्मचारी हुन्। नरेश खरेल झापाकाण्डका अगुवा हुन्। ध्वजु महासचिव इश्वर पोखरेलकी पत्नी हुन्। भोटे र धिमाल जनजाति र अन्य संस्थाकामध्येका हुन्।
४. राप्रपा नेपालबाट सिफारिस भएका गणेश थापा अध्यक्ष कमल थापाका सहोदर भाइ हुन्। उनी अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष छन्। एमाओवादी पार्टीको कोटामा परेका ४ सिट र अन्य पार्टीको कोटामा परेकाको सिफारिस भएको छैन। सरकारद्वारा गरिएको यो मनोनयन एकदमै ढिलो भएको छ। तैपनि अहिले मनोनीत भएकोमा धेरैले सन्तोष जाहेर गरेका छन्।
५. एकताका मनोनीत गरिने २६ सिट संसद् बाहिर रहेका नेकपा-माओवादी लगायतकालाई दिएर तिनीहरूलाई संसद्भित्र लैजान मनोनीत गरिएको चर्चा पनि चलेको थियो। तर अहिले १७ जनाको मनोनीत भएपछि नेकपा-माओवादीका सम्बन्धमा कुरा के कसो भएको छ, त्यो प्रष्ट भएको छैन।
६. तर केही दिनदेखि सरकारविरोधी कुरा चको रूपमा आउन थालेको छ। संसद् अवरुद्ध छ। संविधान माघ ८ गते आउनेमा शड्ढा व्यक्त गरिएको छ। संविधानको तालिकामा पनि फेरबदल गर्नुपर्ने अवस्था आउँदैछ। यो स्थितिको दोष नेताहरूले एकले अकोर्माथि लगाउन थालेका छन्।
७. राजनीतिक वातावरण धमिलो हुँदै जान थालेको छ। नेताहरूको भाषा कडा हुन थालेको छ। विरोधका गतिविधि पनि यताउता हुन थालेका छन्। यी सबै कुराले राम्रो सड्ढेत दिँदैन। त्यसकारण नेताहरूले पुनर्मूल्याड्ढन गर्नुपर्यो। स्थिति सम्हाल्नुपर्यो। जसरी भए पनि माघ ८ गते संविधान घोषणा गर्नुपर्यो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१