१. सुनकोशीका बाढी पीडितहरूलाई राहत सामग्रीको राम्ररी वितरण गर्न नसकिएको बेला गत साताको अविरल वर्षाले पश्चिम र तराईतिर पनि उत्तिकै क्षति पुर्याएको छ। तीन दिनको अविरल वर्षाले तीन सयभन्दा बढी मानिसको ज्यान लिएको छ भने हजारौं परिवार विस्थापित भएका छन्।
२. विस्थापित परिवार विचल्लीमा परेका छन्। उनीहरूले यति दुःख पाएका छन् कि उनीहरूसँग राहत सामग्री राख्ने ठाउँ समेत छैन। खानपिनको व्यवस्था छैन। सुत्ने ठाउँ छैन। आफ्नो भएको सबै बाढीले लगिसक्यो। कतिपय परिवारको एक-दुर्इ जना बाहेक अरु कोही मरिसकेका छन् भन् कोही बेपत्ता छन्।
३. उनीहरू यति दर्दनाक अवस्थाबाट गुज्रिरहेका छन् कि उनीहरूमध्ये कतिपयलाई समवेदना दिने पनि कोही छैनन्। मरेका परिवारका अन्त्येष्टि गर्ने र गरिदिने पनि कोही छैनन्। अन्त्येष्टि पनि केले, कसरी र कुन आधारले गर्ने समस्या छ। उनीहरू ज्यादै आपत विपतमा परेका छन्।
४. सरकारले सुनकोशीका बाढी पीडितलाई राम्ररी उद्धार गर्न सकिरहेको छैन भने पश्चिममा बाँके, बर्दिया, सुर्खेत, कैलाली, गोरखा उता तराईका सिराहा, रौतहटलगायतका जिल्लामा पनि बाढीले धनजनको ठूलो नोक्सान गरेको छ। नदी किनारका अधिकांश वस्ती डुबानमा परेका छन् भने कतिपय घर बगाएर लगेको अवस्था छ।
५. स्थितिको भयावहतालाई दृष्टिगत गरी प्रधानमन्त्री सुशील कोइरालाले प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनामा सघाउन सबैसँग अपिल गरेका छन्। प्रधानमन्त्रीले यसलाई राष्ट्रिय विपत्ति भनी सहयोगको अपिल गरेका हुन्। सरकारले उच्चस्तरीय समिति गठन गर्ने पनि जनाएको छ।
६. नेपालको विपत्तिमा उद्धार गर्न चीन र भारत दुवै छिमेकीले सहयोगको हात बढाएका छन्। उनीहरू के-कस्तो सहयोग चाहियो भन, त्यो सहयोग दिन्छौं भनिराखेका छन्। तर नेपालले किन हो सहयोग माग्न आनाकानी गरिरहेको छ। केही समय यस्तै अवस्था रहेमा सरकारको बढी आलोचना हुने सम्भावना छ।
७. सरकारले राम्ररी उद्धारका काम गर्न नसकेकोमा पीडित पक्षले धेरै गुनासो गरेका छन्। प्रमुख प्रतिपक्ष एकीकृत माओवादीले त्यस ठाउँमा सड्ढटकाल घोषणा गर्नुपर्ने उल्लेख गरेको छ। यी सबैको परिप्रेक्ष्यमा सरकारले आफ्नो काम कुरामा गति थपेर उद्धार कार्य गर्नु आवश्यक छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१