१. सिन्धुपाल्चोक जिल्लाको मांखा गाविसको जुरे पहाड सुनकोशी नदीमा खस्दा त्यसले ठूलो विपत्ति निम्त्याएको छ। शनिबार मध्यरातमा भएको त्यस दैवी विपत्तिमा परेर नौजनाको निधन भएको छ भने २० भन्दा बढी घाइते भएका छन् र १५० भन्दा बढी मानिस हराइरहेका छन्।
२. जुरे पहाड सुनकोशी नदीमा खस्दा नदीमा करिब पाँच सय मिटर अग्लो ढिस्को बनेको थियो। जुन ढिस्कोले गर्दा नदीको पानी बग्न नपाएर त्यहाँ एउटा ताल बनेको थियो। त्यसरी बनेको तालले गर्दा त्यसभन्दा तलका बस्तीहरू जोखिममा परेका थिए। सरकारले ती बस्तीका सबैलाई सुरक्षित स्थानमा जान सूचित गरेको थियो।
३. गाउँलेहरूका अनुसार दुर्इ बस्तीका सबै घर बगाएर लगेको छ। अरनिको राजमार्ग करिब एक किलोमिटर, त्यहाँ भएका तीनवटा जलविद्युत् आयोजना र एउटा माध्यमिक विद्यालय पनि बगेर लगेको जनाइएको छ। यस्ता अरु पनि धेरै धनजनको ठूलो क्षति भएको छ। केकति क्षति भयो, त्यसको विवरण आउन अरु केही दिन लाग्नेछ।
४. सरकारले घाइते भएका केहीलाई काठमाडौं लगेर औषधोपचार गरिरहेको छ। केहीलाई औषधोपचारपश्चात् अस्पतालले डिस्चार्ज पनि गरेको छ। यसैबीच आइतबार अपरान्ह थुनिएको पानी बग्न थालेको छ। स्वाभाविक रूपले बगोस् भनेर त्यहाँ सैनिकहरूले बम हानेर निकास ठूलो गरेका छन्।
५. पोखरामा पनि एक डेढ वर्ष पहिले सेती नदी त्यसै गरि थुनिएको थियो। हाम्रो पहाडी भूभाग मानिसहरूले जथाभावी चलाइदिँदा त्यसको नराम्रो प्रभाव पर्ने गरेको छ। बाटोघाटो लगायतका विकासका पूवाधारहरू बिनाइन्जिनियरिङ गर्दा त्यसले दूरगामी प्रभाव पर्ने गरेको छ।
६. सिन्धुपाल्चोकमा जेजस्तो भयो, त्यो ठूलो दुर्घटना हो। गाउँ नै बगाएर लगेको घटनालाई सरकारले पनि गम्भीर किसिमले लिनुपर्दछ। यस्तो केशमा बेपत्ता भएकाहरूको सङ्ख्या अत्यधिक हुने गर्दछ। त्यसलाई विशेष किसिमले हेर्र्नुपर्दछ।
७. सिन्धुपाल्चोकको घटनाले सबैलाई स्तब्ध पारेको छ। धनजनको ठूलो क्षति भएको छ। यस्तो अवस्थामा सबैको सहयोग त्यहाँ पुग्नुपर्दछ। रेडक्रस र परोपकारी संस्थाहरूले संयोजन गरी सहयोग जुटाउनुपर्दछ। हामी त्यो घटनामा दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जली अपण गर्दछौं र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१