१. एकीकृत नेकपा माओवादी चुनावमा तेस्रो पार्टीको रूपमा रहन बाध्य भएपछि त्यस पार्टीभित्र धेरै जटिलता हट्नुको साटो बढ्दै गएको छ। जिल्ला-जिल्लाहरूमा त्यसको असर प्रष्ट देखिएको छ। केही जिल्लामा त समानान्तर जिल्ला समिति नै गठन गरिएको छ।
२. पार्टीभित्र उत्पन्न विवाद मिलाउन केन्द्र व्यवस्थापन समिति र जिल्लाको विवाद मिलाउन जिल्ला व्यवस्थापन समिति गठन गरिएको छ। त्यस समितिअन्तर्गत वार्ता नभएका होइनन् तर त्यस्तो वार्ताले समाधान दिन सकेको छैन। हिजो जिल्लामा गठन गरिएको समितिलाई अनौपचारिक रूपमा लुकाउने प्रयास गरिएको थियो भने अहिले त्यसलाई आफैले सार्वजनिक गर्न थालिएको छ।
३. संस्थापन पक्षले समानान्तर समिति गठन हुँदै जानुलाई नयाँ शक्ति निर्माणको रूपमा लिएको छ भने भट्टराई पक्षले संस्थापन पक्षले एक पक्षीय रूपमा पेल्दै गएको परिणाम भन्ने गरेको छ। व्याख्या आ-आफ्नै किसिमले गरे पनि पार्टीफुटको संघारमा पुग्न लागेको देखिएको छ। पार्टीकाई मिलाउने भनी आयोजना गरिएको विराटनगर सम्मेलनले ती दुर्इ पक्षलाई अरु टाढा पुर्याउको अनुमान गरिएको छ।
४. कुनै बेला पार्टीका देखिएको यस्तो विवादलाई नेताहरूले जीवन्त पार्टीको नमुना भन्ने गर्दथ्यो। उनीहरूले एमाओवादी अर्कै धातुले बनेको पार्टीहो, अरु पार्टीजस्तो यो पार्टीफुट्दैन भन्ने गरेका थिए। त्यस्तो भन्दाभन्दै वैद्य पक्ष फुटेर गयो। अहिले त्यो पार्टीले विवादलाई विचार भन्दै तलसम्म पुर्याउने भन्दैछन्। जति तल पुग्यो, उति विभाजनको रेखा पनि तल पुगेको छ।
५. पार्टीफुट्न जति सजिलो छ, जुट्नु उति नै गाह्रो छ भन्ने कुरा धेरै पार्टीको अनुभवले देखाएको छ। पार्टीफुटको परिणाम के हुन्छ भन्ने कुरा सबैका सामु प्रष्ट छ। तैपनि नेताहरू किन फुट्न खोज्छन्, यो बुझ्न नसकिने कुरा भएको छ। पुष्पकमल दाहाल र भट्टराई दुवैले गम्भीर भएर सोच्नुपर्ने विषय हो।
६. भारतमा केजरीवालको आमआदमी पार्टीको उदयले यहाँ नयाँ शक्तिको कुरा गरेका थिए। तर त्यसो भन्ने र लेख्नेहरू अब निदाउन थालेका छन्। तर डा. बाबुराम भट्टराई एकजनाले भने नयाँ शक्तिको आवश्यकता औंल्याउने र त्यसको लागि प्रयास गर्ने गरिरहेका छन्।
७. डा. भट्टराईले नयाँ शक्ति भन्नु दाहालले नेतृत्व छोड्नुपर्दछ भन्नु हो। दाहाल शैली पुरानो भयो, त्यसले प्रगति गर्न सक्दैन भन्नु हो। आफूले नेतृत्व छोड्ने कुरा पार्टीका प्रचण्ड बहुमत भएका दाहालले बुझ्ने कुरा भएन। यसरी हेर्दा नेतृत्वको विवाद त्यो पार्टीभित्रको ठूलो कुरा हो। त्यो विवादले ती नेताहरूलाई कहाँ-कहाँ पुर्याउला, भन्न सकिने अवस्था छैन। अझै समय छ, उनीहरूले आ-आफ्ना कमीकमजोरी केलाएर समझदारी गर्नु आवश्यक छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१