१. आज फेरि एकपटक हामी कवि भूपि शेरचनको स्मरण गर्न गइरहेका छौं। आज उनको ७८ औं जन्मजयन्ती हो। उनको देहावसान भएको पनि डेढ दशक पुग्न लागेको छ। तापनि नेपाली साहित्य आकाशमा उनी चम्किरहेका छन्। आज पनि साहित्यकारहरू, विशेष गरी कविहरूबीच उनी उत्तिकै चर्चित छन्।
२. कवि भूपि शेरचन ठेट नेपाली भाषामा सबैले बुझ्ने गरी तथा सबैको मन छुने गरी कविता कोर्दथे। उनका कविता यत्ति सरल र सरस हुन्थे कि एकपटक पढेपछि ती कविता सम्झनामा आइरहन्थे। उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ प्रकाशित भएपछि त्यसले तहल्का मच्चाएको थियो र उत्तिकै लोकप्रिय भएको थियो।
३. कवि भूपि आफूले कविता कोर्ने मात्र होइनन्, अरुलाई पनि कविता रचना गर्न प्रेरित र प्रोत्साहित गर्दथे। उनका सामीप्यता प्राप्त गरेका धेरैले कविता क्षेत्रमा राम्रो नाम कमाएका छन्। उनी उदार र सहयोगी स्वभावका थिए र साथी भाइहरूलाई सहयोग गर्न उनी सधैँ अग्रसर हुन्थे।
४. कवि भूपि बीसको दशकमा केही वर्ष पोखरामा पनि बसे। उनले अन्य साहित्यकारसँग मिलेर गण्डकी साहित्य प्रतिष्ठान स्थापना गर र त्यो प्रतिष्ठानमार्फत साहित्यिक गतिविधि बढाउने गरेका थिए। त्यसैबेला नेपाली आदर्श बोर्र्डिङ स्कुलको स्थापना भयो र त्यस स्कुलको सदस्य-सचिव भएका थिए। त्यस स्कुललाई अहिले गण्डकी बोर्र्डिङ स्कुल भन्ने गरिएको छ।
५. उनी पोखरामा भएको बेला नारायण गोपाल पनि आएर उनकै निवासमा बसेका थिए। त्यसबेला पोखराको साहित्य र स·ीतको वातावरण उत्साहप्रद थियो। त्यसबेला चेतन कार्की र महेन्द्रनाथ खनाल पनि पोखरामा थिए। साहित्य र सांस्कृतिक कार्यक्रमहरू बराबर हुने गर्दथे र नयाँ पुस्तकले प्रेरणा पाउँथे। पोखरासँग भूपिको सम्बन्ध प्रगाढ थियो।
६. उनी विद्यार्थी अवस्थादेखि कम्युनिष्ट थिए। उनले आफ्नो नाम त्यसबेला भुपेन्द्रमान ‘सर्वहारा’ भनी लेख्ने गर्दथे। त्यसबेला उनले मार्क्सको नाम उल्लेख नभएको साहित्यलाई साहित्य नै होइन भन्दथे। पछि परिपक्व उमेरमा टेकेपछि उनले सर्वहारा परित्याग गरी भूपि लेख्ने गरे। भूपि नामबाटै उनी चर्चित भए।
७. भूपि प्रज्ञा प्रतिष्ठानका सदस्य भए। उनी अत्यन्त मिलनसार थिए र सबैसँग छिटो मिल्न सक्थे। उनको बोलीमा मिठास थियो। छन्दोबद्ध किसिमले बोल्ने गर्दथे। उनको नजिक जानेहरू उनको आकर्षक बोली र व्यवहारबाट त्यसै प्रभावित हुन्थे। २०४६ सालमा जेठ १ गते उनको निधन भएको थियो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१