१. संविधानसभाको चुनावको मिति घोषणा भइसकेको छ। घोषित मितिअनुसार आगामी मंसिर ४ गते देशमा चुनाव सम्पन्न हुँदैछ। चुनावको मिति घोषणा भएको निकै समय बिते तापनि देशमा चुनावको माहौल बन्न सकेको छैन। राजनीतिक पार्टीहरू र पार्टीका नेताहरू आफैलाई पनि अझै चुनाव आएकोजस्तो देखिएको छैन।
२. कतिपयले अझ पनि चुनाव हुने कुरामा शंका व्यक्त गरेका छन्। नेकपा-माओवादीलगायतका केही दलहरू चुनावमा सहभागिता जनाउन आनाकानी गरिरहेका छन्। नेकपा-माओवादीले चुनाव बिथोल्ने कुरा गरिरहेको छ। यस्तो अवस्थामा सर्वसाधारणमा अन्यौल छाउनु ठूलो कुरा होइन। अझै केही अन्यौल छ।
३. चार ठूला राजनीतिक दलहरू, सरकार र नेकपा-माओवादीबीच वार्ता भएको छैन। वार्ता गर्ने भन्दै धेरै समय बितेको छ। अब त्यो वार्ता गर्न ढिलाई गर्न हुँदैन। यो संविधानसभाको चुनाव भएकोले यसमा सबैको सहभागिता आवश्यक पर्दछ। संविधान बनाउने कुरामा कोही पनि पक्षको सहभागीता नछुटोस् भन्ने सोच्नुपर्दछ।
४. वार्ताको पहल सत्ता पक्षले गर्नुपर्दछ। सत्तापक्ष केही लचिलो हुनुपर्दछ। त्यसले जसरी भए पनि विपक्षलाई साथमा ल्याइ सहभागिता जनाउन लगाउनु पर्दछ। त्यो उसको कर्त्तव्य हो। तर त्यो काममा सत्ता पक्षले ढिलाई गरेकोजस्तो देखिएको छ। अब सत्तापक्ष तत्परतापूर्वक लाग्नुपर्दछ।
५. चुनाव बहिष्कार गछौर्ं भन्नेहरूले पनि सोच्नुपर्दछ। बहिष्कार गरियो भने देशको अवस्था कस्तो होला – फेरि कहिले चुनाव होला – देशको अन्यौल र अस्थिरता कहिले अन्त्य होला – छिमेकी देशहरूले आर्थिक उन्नति गरी कहाँ पुगिसके हामी अझै जहाँको तही छौं। अझै देशलाई कति वर्षसम्म यस्तै अवस्थामा राख्ने सोच्नुपर्ने विषय हो।
६. जनता चुनावको पक्षमा छ। चुनाव सम्पन्न भए केही अन्यौल हट्छ। यो निश्चय छ। राजनैतिक आन्दोलन पनि धेरै भइसकेको छ। आन्दोलनको साथ विदेशी चलखेल बढेको पनि सर्वविदित छ। चलखेल बढ्नुका साथ हाम्रा नेताहरू पनि प्रत्यक्ष/परोक्ष रूपले विदेशका आशीर्वाद थाप्ने गरेको पनि प्रष्ट छ।
७. यस्ता कुरा जति धेरै रहन्छ, उति हाम्रो स्वाभिमान आँच पुग्दछ। राष्ट्रियतामा ह्रास आउँछ र राष्ट्र कमजोर हुन्छ। ती सबैका कारणले पनि संविधानसभाको चुनावमा पार्टीहरूले सहभागिता जनाउनुपर्दछ। संविधान बनाउनुपर्दछ र देशलाई एउटा निकास दिनुपर्दछ। देशलाई विकासको पथमा अग्रसर गराउनुपर्दछ। यो हाम्रो आजको आवश्यकता हो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधानिकताको टुंगो आज
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
जेठ ७, २०८१दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१