१. नेपाल बार एशोसिएसनको ४० औं कार्य कार्यकारिणी परिषद्को बागलुङमा भएको बैठक १९ बुँदे बागलुङ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। घोषणापत्रमा शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा मन्त्रिपरिषद्का अध्यक्ष भएका प्रधानन्यायाधीश खिलराज रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजीनामा दिनुपर्ने आफ्नो अडान कायमै राखेको छ।
२. स्वतन्त्र र जवाफदेही न्यायपालिका हाम्रो आस्था, संवैधानिक सवोर्च्चता, विधिको शासन र शक्ति पृथकीकरण हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ प्रारम्भ गरिएको परिषद् बैठकको उद्घाटन कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले गरेका थिए। कामु प्रधानन्यायाधीश शर्माले बारलाई आश्वस्त पार्न धेरै प्रयास गरेका थिए।
३. प्रधानन्यायाधीश शर्माले प्रधानन्यायाधीश रेग्मी न्यायालय र्फके आफूले राजीनामा दिने समेत बताएका थिए। उनले सवोर्च्च अदालतमा रेग्मीको भूत नदेख्न पनि आग्रह गरेका थिए। उनले आफूले स्वतन्त्र न्याय दिन कुनै सम्झौता गर्न नसक्ने प्रतिबद्धता पनि जनाए। तैपनि बारको बैठकले राजीनामाको कुरालाई प्रमुखता साथ उठायो।
४. घोषणा पत्रमा राज्यको महत्त्वपूर्ण निकायमा २०६३ जनआन्दोलनका दमनकारी व्यक्तिलाई नियुक्त गरेकोमा त्यस्ताखाले नियुक्ति बदर गर्न समेत माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त गरिएकोमा पनि बारले पहिलेदेखि नै विरोध गर्दै आइरहेको छ।
५. साथै बारले जिल्ला अदालतदेखि सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरू तत्काल नियुक्त गर्न पनि माग गरेको छ। अदालतमा धेरै न्यायाधीश तत्काल नियुक्त गर्न पनि माग गरेको छ। अदालतमा धेरै न्यायाधीशको पद लामो समयदेखि रिक्त छ। एकातिर जनशक्तिको अभावमा न्याय सम्पादनको काम कुरा छिटो हुन सकेन भन्नु अर्कोतिर जनशक्ति पदपूर्र्ति गर्नेतिर ध्यान नदिएको कारण त्यो माग गर्नुपरेको बताइएको छ।
६. पहिले मन्त्रिपरिषद्को अध्यक्ष रेग्मीको प्रधानन्यायाधीश पदबाट राजीनामा माग्ने केन्द्रीय कार्यसमितिका थोरै मात्र पदाधिकारी छन् भनिएको थियो। तर यो बागलुङमा सम्पन्न परिषद् बैठकले केन्द्रीय अध्यक्ष हरिकृष्ण कार्कीलगायतका पदाधिकारीहरूको हात बलियो पारिदिएको छ। परिषद्ले नै त्यो प्रस्ताव पारित गरेपछि स्थिति अर्कै भएको छ।
७. बार र बेञ्च एक अर्काको सहयोगी मात्र होइनन्, एक अर्काका पूरक पनि हुन्। यी दुर्इको सम्बन्ध सधैँ सुमधुर हुनुपर्दछ। तर हामीकहाँ हरेक पक्षलाई फुटाल्ने र विवादास्पद बनाउने जुन अभियान चलेको छ त्यसको शिकार अहिले बार र बेञ्च भएको छ। यस्तोमा दुवै पक्षले धैर्यधारण गरी सम्यक चिन्तन मनन् गरी सौहार्दता, सद्भाव र समन्वय कायम गरी अघि बढ्नुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१