१. नेपालमा केही विदेशीहरू छन् जो नेपाल र नेपाली भनेपछि हुरुक्क हुन्छन्, नेपाल आउँछन् र नेपाल र नेपालीको सेवामा समर्पित भएर लाग्छन्। त्यसरी समर्पित भएर लाग्नेहरूले विभिन्न क्षेत्रको उन्नति र विकासमा महत्त्वपूर्ण सघाउ पुर्याइरहेका छन्। त्यसरी समर्पित भएर सेवा गर्नेमध्ये एक हुन् शिक्षक भर्गिस थोमस।
२. भर्गिस थोमस आफ्नो जन्मथलो भारतको केरलाबाट २२ वर्षको कलिलो उमेरमा नेपाल आए। गोरखाको अमरज्योति जनता उच्च माविमा २२ वर्ष प्रधानाध्यापक रहे, पोखराको गण्डकी बोर्डिङ स्कुलमा १४ वर्ष पढाए र त्यसपछि काठमाडौंको लिटिल एन्जेल्स उच्च माविमा आवासीय प्राचार्य र श्वेत सदनमा प्राचार्य भएका उनको गत आइतबार पोखरामा निधन भयो।
३. आजीवन गुरु भएर काम गरेका उनले शिक्षाको ज्योति प्रज्ज्वलित गर्न अथक प्रयास गरेका थिए। त्यसबेलाको गोरखाको लुइँटेल जस्तो ठाउँमा पुगेर पढाउनु त्यत्ति सरल कुरा थिएन। उनले त्यहाँ निरन्तर २२ वर्ष प्रधानाध्यापक भएर काम गरे। उनले आफ्नो कार्यकालमा विद्यालयको नाम उच्च बनाए भने होनहार मेधावी विद्यार्थीहरू पनि उत्पादन गरे।
४. गोरखाका विद्यार्थीहरूमा डा. बाबुराम भट्टराई, डा. उपेन्द्र देवकोटा र पण्डित नारायणप्रसाद पोखरेल एकताका चर्चित भएका थिए। माओवादीको जनयुद्धमा डा. भट्टराई द्वन्द्वात्मक भौतिकवादको प्रचार गर्दै काट्ने मार्ने कुरा गर्दथे डा. देवकोटाले घाइते र विरामीको उपचार गर्ने काममा ख्याति कमाएका थिए।
५. उता पण्डित नारायण पोखरेलले कथा वाचन गरी आध्यात्मिक दर्शनको प्रचार गर्दै शैक्षिक र सामाजिक क्षेत्रको उन्नति र प्रगतिका लागि आर्थिक सड्ढलन गर्ने काममा रिर्कर्ड राखेका थिए। कथा वाचन गरी मानिसहरूलाई नचाएर आर्थिक सड्ढलन गर्ने अभियान उनले थालनी गरेका थिए। त्यो अभियान उनले थालनी गरेका थिए। त्यो अभियानका अभियन्ता उनको पछि हत्या गरियो।
६. थोमसले पोखराको गण्डकी बोर्डिङ स्कुलमा १४ वर्ष पढाएर बसे। पोखरालाई उनले खूब मन पराएका थिए। वैशाख २८ गते उनी काठमाडौंबाट स-परिवार पोखरा आएका थिए। पुराना साथीहरूलाई भेटेर उनी रमाए। राति पेटमा दर्द भएपछि उनलाई उपचारका लागि मणिपाल अस्पताल पुर्याइएको थियो। २९ गते ७१ वर्षको उमेरमा निधन भयो। इसाई धर्मअनुसार उनको अन्त्येष्टि गरियो।
७. लोभ लालच नगर्ने उनी आदर्श गुरु थिए। उनी आफ्नो विषय राम्ररी पढाउँथे। उनले पढाएको कुरा विद्यार्थीहरूले राम्ररी बुझ्दथे। नम्र र सरल स्वभावका उनले आफ्नो कर्म थलो नेपालमै बनाए। नेपाललाई उनले धेरै गुण लगाए। हामी उनले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याड्ढन गरी उनको निधनमा गहिरो दुख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अपण गर्दछौं र शोकसन्तप्त परिवारजनप्रति हर्दिक समवेदना व्यक्त गर्दछौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१