पोखरा । युनाइटेड क्लब पोखराले बागलुङ नगरपालिका १२ डाँडाखेतका अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ । गत वैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डाँडाखेतका यदुनाथ पाध्याको घर, गोठ, वस्तुभाउ र दधिराम पाध्याको २ वटा गोठ र वस्तुभाउ जलेका थिए । उनै पाध्याको परिवारलाई युनाइटेड क्लबले आफ्नो विपद व्यवस्थापन कोषमार्फत् १ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो ।
उक्त अवसरमा बागलुङ नगरपालिका–१२ का अध्यक्ष कोपिलामणि शर्माले क्लबले बाग्लुङमा आइपुगेर आफ्नो वडामा आगलागीबाट क्षति भएको परिवारलाई राहत स्वरुप नगद सहयोग गरेकोमा धन्यवाद् दिए ।
क्लबका अध्यक्ष राजु श्रेष्ठले स्थापनाकालदेखि पोखरा महोत्सव गरी विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको क्लबले २०७२ को भूकम्प पश्चात् विपदको क्षेत्रलाई समेट्नेगरी छुट्टै विपद व्यवस्थापन कोष निर्माण गरी अगाडि बढेको बताए । उक्त कोषका लागि हरेक वर्ष तिहारको अवसरमा देउसीभैलो कार्यक्रम मार्फत रकम संकलन गरी दैवी प्रकोपमा परेकालाई युनाइटेड क्लबले राहत रकम प्रदान गर्दैै आइरहेको उनले बताए ।
आगलागी पीडित यदुनाथ पाध्याले आफूहरु जंगलमा लागेको आगो निभाउन जाने बेलामा घरमा कोही नभएको अवस्थामा एक्कासी जंगलबाट आएको आगोले घर, गोठ, बस्तुभाउ केही पनि बाँकी नरहेको बताए ।
कार्यक्रममा बागलुङ समाज पोखरा र बागलुङ अर्जेवा पोखरा सम्पर्क समाजबाट समेत आर्थिक सहयोग प्रदान गरिएको थियो । बागलुङ समाज पोखराबाट ३१ हजार १० र अर्जेवा पोखरा समाजबाट संकलित २० हजार रुपैयाँ बाग्लुङ समाज पोखराका अध्यक्ष ठाकुरप्रसाद सापकोटा र पदाधिकारीद्वारा आगलागी प्रभावितहरुलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिका– १२ का वडा सदस्य महानन्द शर्मा, युनाइटेड क्लबका कोषाध्यक्ष सूर्यबहादुर बानिया, बागलुङ समाज पोखराका निवर्तमान अध्यक्ष डिल्लीप्रसाद शर्मा, बागलुङ समाज पोखराका उपाध्यक्ष नरेश सुवेदी, कोषाध्यक्ष बालकृष्ण सापकोटा, दुमनाथ शर्मा लगायतको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
आमसञ्चार गण्डकी सरकारको प्राथमिकतामै छ : मुख्यमन्त्री पाण्डे
व्यासको पुन मतगणना असार २ मा नहुने
प्रदेश सभा सदस्य सुवेदीले भने : अधिकारी सरकारले बौद्धिक चोरी गर्यो
नीति तथा कार्यक्रममाथिको छलफलमा आज पनि मुख्यमन्त्री अनुपस्थित
नीति तथा कार्यक्रमको छलफलमा मुख्यमन्त्री नहुँदा विपक्षी दलले गरायो ध्यानाकर्षण
hero news full width
मुख्य समाचार
गण्डकीको बजेट ३३ अर्ब
गण्डकी सरकारको ३२ अर्ब ९७ करोड बराबरको बजेट सार्वजनिक
असार २, २०८१गण्डकीको बजेटमा ‘उचाइमा खेल, खेलमा उचाइ’
असार २, २०८१गण्डकी प्रदेश सरकारका यी हुन् बजेटका उद्देश्य र प्राथमिकता
असार २, २०८१गण्डकीको आगामी आवको बजेट प्रस्तुत सुरु
असार २, २०८१पत्रकार महासंघ कास्कीमा फेरि किन भयो तालाबन्दी ?
असार २, २०८१