एमाले अन्नपूर्णमा चूडामणि

आदर्श समाज सम्वाददाता
असार १, २०८१
cpn uml annapurna edited

पोखरा । नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिकाको दोस्रो अधिवेशनले चूडामणि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले एकदेव देवकोटालाई उपाध्यक्ष, मिकास गुरुङलाई सचिव तथा पुष्पा पुन र हेमराज अधिकारीलाई उपसचिवको जिम्मेवारी दिएको छ ।

त्यस्तै भुगोल (वडा) तर्फ अन्नपूर्ण १ बाट नारायणबहादुर कुँवर, टंकादेवी सुवेदी र पुण्पराज अधिकारी, वडा नं. २ बाट त्रिलोचन दाहाल, देवराज भण्डारी र हिरु मल्ल, वडा नं. ३ बाट टेकबहादुर क्षत्री, निर्मला परियार र फणीन्द्र पौडेल सदस्य छनोट भए ।

त्यस्तै अन्नपूर्ण ४ बाट नीलकण्ठ पौडेल, हरिमाया केसी र हीरालाल गुरुङ, वडा नं. ५ बाट जयलाल जैसी, लालबहादुर केसी र गौमाया विक, वडा नं. ६ बाट सीता देवकोटा, लक्ष्मण देवकोटा र शिवप्रसाद देवकोटा, वडा नं. ७ बाट दुर्गाबहादुर क्षत्री र तुलसी भण्डारी पनि सदस्यमा चयन भए ।

अन्नपूर्ण ८ बाट सीता कुँवर र मानसिंह विक, वडा नं. ९ बाट अष्ठमान लामा र लक्ष्मी विक, अन्नपूर्ण १० बाट राजबहादुर गुरुङ र मीनाकुमारी राना तथा अन्नपूर्ण ११ बाट राम गुरुङ, जगनप्रसाद गुरुङ र राधाकुमारी गुरुङ निर्विरोध रुपमा सदस्य छनोट भएको अध्यक्ष मण्डलका सदस्य भरतमान गुरुङले जानकारी दिए ।

पालिकाभरका युवा खुलातर्फबाट अनील नेपाली, विष्णुप्रसाद भण्डारी, भूपाल घर्ती, तोरण क्षत्री, राजु पौडेल, रोशन देवकोटा र अनील कुँवर, युवा महिलाबाट मञ्जु जिसी कुँवर, डिलमाया सुनार, सुमीना विक र धनकुमारी पौडेल, उत्पीडित दलितबाट पानबहादुर विक, ज्योति विक र अर्जुन विक, श्रमिक मजदुरबाट रामेश्वर पौडेल सदस्य छानिएका छन् । अधिवेशनले शिवहरि सुवेदीको अध्यक्षतामा लेखा कमिटी पनि गठन गरेको छ ।

अधिवेशनकाबीच स्थायी कमिटी सदस्यद्वय खगराज अधिकारी र थममाया थापा, पोलिटब्युरो सदस्य जगत विश्वकर्मा, केन्द्रीय सदस्य राजीव पहारी, प्रदेश सदस्य विष्णुबहादुर केसीलगायतले शुभकामना दिए ।

अधिवेशन सम्पन्न गराउन गौरीप्रसाद सुवेदीको संयोजकत्वमा ज्ञानबहादुर केसी, विष्णुप्रसाद अधिकारी र नवीन गिरी सदस्य रहेको निर्वाचन कमिटी गठन गरिएको थियो ।
पालिका अध्यक्ष विवेक देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव दानबहादुर केसीले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग