नीति तथा कार्यक्रमको छलफलमा मुख्यमन्त्री नहुँदा विपक्षी दलले गरायो ध्यानाकर्षण

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
parle – 2081-02-11

पोखरा । गण्डकी प्रदेश सभामा आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दलले ध्यानाकर्षण गराएको छ ।

प्रतिपक्षी दल एमाले संसदीय दल प्रमुख सचेतक गोविन्द नेपालीले सभामुखसँग समय मागेर सदनको ध्यानाकर्षण गराएका हुन् । सदनमा केहीबेर बसेर मुख्यमन्त्री बाहिरिएका थिए । सदनमा कुनै विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रालयको मन्त्री उपस्थित रहनुपर्ने प्रावधान छ ।

सभाको अध्यक्षता गरिरहेको उपसभामुख बिना थापाले यस विषयमा ध्यानाकर्षण भएको जनाएपछि प्रमुख सचेतक नेपाली बसेका थिए । तर मुख्यमन्त्री छलफलमा सहभागी भएनन् ।

विपक्षी दलका नेता खगराज अधिकारी समेत बीचैमा हिँडेका छन् । विपक्षी दलका नेताअधिकारीले छलफलको सुरुमै बोलेका थिए । आधा घन्टाभन्दा बढी समय बोलेर आफ्नो सिटमा बसेका उनी केहीबेर बसेर बाहिरिए । उनीभन्दा अगाडि मुख्यमन्त्री बाहिरिएका थिए । सामान्यतया नीति तथा कार्यक्रमको छलफल भइरहँदा मुख्यमन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ ।

सदनमा अहिले २ जना मन्त्रीमात्रै छन् । बैठकमा सामाजिक विकास मन्त्री बिन्दुकुमार थापा र ऊर्जा मन्त्री फणिन्द्र देवकोटा छन् । भौतिक मन्त्री राजीव गुरुङ र अर्थमन्त्री टकराज गुरुङ बैठकको सुरुमै निस्केका थिए ।

नीति तथा कार्यक्रममाथिको बैठक भोलिसम्म चल्नेछ । असार १ गते बजेट ल्याउनै पर्ने कानुनी वाध्यता छ ।

Related News

सम्बन्धित समाचार

hero news full width