आमसञ्चार गण्डकी सरकारको प्राथमिकतामै छ : मुख्यमन्त्री पाण्डे

आदर्श समाज सम्वाददाता
जेठ ३२, २०८१
surendra pande

फाइल तस्बिर

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई प्रदेश सरकारले हेर्ने नजरमा कुनै परिवर्तन नभएको बताएका छन् । नीति तथा कार्यक्रमको छलफलका उठेका प्रश्नको जवाफ दिने क्रममा उनले आगामी वर्षको नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको प्रसंग नियतवत नछुटाइएको बताए ।

नीति तथा कार्यक्रमको १९१ बुँदामा आमसञ्चारको प्रसंग कहिँकतै नभएपछि सत्ता र विपक्षी दलका सांसदहरुले प्रश्न उठाएका थिए ।

मुख्यमन्त्री पाण्डेले चालु वर्षमा मिडिया क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको र आगामी वर्ष पनि यसले निरन्तरता पाउने प्रतिबद्धता जनाए । पत्रकार बिमा, लेखनवृत्ति, लोककल्याणकारी विज्ञापन लगायतका प्रबन्धले निरन्तरता पाउने उनको भनाइ थियो ।

लामो समयदेखि अड्किएर बसेको आमसञ्चार विधेयकलाई अगाडि बढाएर पारित समेत गरेको सरकारले मिडियालाई प्राथमकितामा नराख्ने भन्ने प्रसंग नै नआउने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width