छैटौंपटक मन्त्री बन्दै मनाङे, ११ बजे शपथ

आदर्श समाज सम्वाददाता
जेठ २९, २०८१
manage

पोखरा । गण्डकीका स्वतन्त्र सांसद दीपक मनाङे भनिने राजीव गुरुङ छैटौंपटक मन्त्री बन्दैछन् । सत्ताको अंकगणितमा जहिलै निर्णायक बनेका मनाङेले फेरि प्रभावशाली मानिएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउँदैछन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार सदनबाट विश्वासको मत पाएसँगै सरकार विस्तारमा लागेका हुन् । आज मनाङेसँगै नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाले पनि शपथ लिने भएका छन् । उनले ऊर्जा र सामाजिकमध्ये १ मन्त्रालयको जिम्मा पाउनेछन् ।

माओवादी संसदीय दलको ह्विप नमानेर उनले पाण्डेका पक्षमा मत दिएका थिए । पाण्डेले कांग्रेसको २७, राप्रपाको २, स्वतन्त्रको १ र नेसपाको १ सहित ३१ मत पाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width