गण्डकीको बजेटमा ‘उचाइमा खेल, खेलमा उचाइ’

आदर्श समाज सम्वाददाता
असार १, २०८१
minister 1

पोखरा । गण्डकी प्रदेश सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिँदै उचाइमा खेल, खेलमा उचाइ कार्यक्रम संचालन गर्ने भएको छ।

आवको आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. टकराज गुरुङले सो योजना सुनाएका हुन्।

उनले भने, ‘उच्च उचाइमा खेल तालिम केन्द्रको पूर्वाधार निर्माण गर्ने कार्य आगामी आवमा सुरुआत गरी उच्च उचाइको खेलका लागि उचाइमा खेल, खेलमा उचाइ कार्यक्रमका लागि आवश्यक व्यवस्था मिलाएको छु ।’

प्रदेश सरकारले खेलाडीको सम्मानमा समेत बजेट विनियोजन गरेको जनाएको छ । प्रदेशका ख्यातिप्राप्त खेलाडीको सम्मान कार्यक्रम संचालनका लागि आवश्यक बजेट व्यवस्था मिलाइएको अर्थमन्त्री डा. गुरुङले बताए ।

यसैगरी, विकास र सुदृढीकरणका लागि संघ सरकार र स्थानीय तहबीच सहकार्य र साझेदारी गर्दै खेलाडीको व्यावसायिकता विकास र प्रशिक्षण र प्रोत्साहनको विशेष कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको लागि आगामी आवको बजेटमा ५ अर्ब ४७ करोड बजेट विनियोजन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग