प्रदेश सभा सदस्य सुवेदीले भने : अधिकारी सरकारले बौद्धिक चोरी गर्‍यो

आदर्श समाज सम्वाददाता
जेठ ३२, २०८१
dilli

पोखरा । गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीलेको खगराज अधिकारी नेतृत्वको सरकारमाथि बौद्धिक चोरीको आरोप लगाएका छन् । प्रदेश सभामा चलिरहेको नीति तथा कार्यक्रमको छलफलमाथि बोल्दै सुवेदीले सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले ल्याएको दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्रमा केही नारा र फोटो फेरेर जस्ताको तस्तै उतार गरी पुन प्रकाशन गरी अधिकारी सरकारले बौद्धिक चोरी गरेको बताए ।

यसअघि बजेटको सिद्धान्त र छलफलका क्रममा सुवेदीले सरकार अविछिन्न उत्तराधिकारी संस्था भए पनि केही नारा र फोटो फेर्नकै लागि अधिकारी सरकारले आधारपत्र परिमार्जन गरेको बताएका थिए । त्यसको जवाफ बिहीबार संसदको रोस्ट्रमबाट दिँदै पूर्वमुख्यमन्त्री खगराज अधिकारीले निष्ठाको राजनीतिमा लागिरहेको आफूलाई फोटोको कुनै मोह नभएको बताएका थिए । अध्ययनशील मानिएका प्रदेश सभा सदस्यबाट तुच्छखालका शब्दहरु प्रयोग गरिनु संसदकै मर्यादा विपरीत रहेको अधिकारीको भनाइ थियो

प्रदेश सभा सदस्य सुवेदीले शुक्रबारको छलफलमा पहिलो आधारपत्रको नक्कल गरी दोस्रो सार्वजनिक गर्दा पहिलोलाई आभार समेत व्यक्त नगरिएको बताए । २०५१ सालदेखि फोटो टाँस्दै आउनुभएको माननीयलाई फोटो टाँस्ने रहर नभए पनि योजना आयोगमा नियुक्त भएकाहरुको फोटो टाँस्ने रहरलाई रोक्न सक्नुपर्ने उनको भनाइ थियो ।

उनले भने,‘यो डकुमेन्ट (अधिकारी सक्नरकारले ल्याएको आधारपत्र) ले यो डकुमेन्ट (पाण्डे सरकारले ल्याएको आधारपत्र) लाई एक ठाउँमा पनि थ्यांक यु भनेको छैन, म गलत छैन भने, कहिलेकाँहि झुक्किन पनि सकिन्छ ।’ रुपान्तरणका १४ वटा क्षेत्र परिमार्जन नगरी केबल फोटो र नारामात्र परिवर्तन गरिएको उनले दोहो¥याए ।
पूर्वमुख्य अधिकारीलाई लक्ष्य गर्दै सुवेदीले दृष्टिमा समस्या देखिएकाले सन्दुक रुइतसँग जचाउन पनि सुझाव लिए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग