मदरल्याण्डमा प्रदेशस्तरीय म्याथ/साइन्स क्वीज

आदर्श समाज सम्वाददाता
जेठ २७, २०८१
Motherland quiz

पोखरा। पोखराको मदरल्याण्ड माविमा आयोजित एसइई प्रदेशस्तरीय म्याथ/साइन्स क्वीजमा एसओएस गण्डकीका विद्यार्थी प्रथम भएका छन् । एसइई दिएर बसेका विद्यार्थीहरुको ४१ टिमले भाग लिएको प्रतियोगितामा एसओएस गण्डकीका अनन्त आचार्य, सचेत सुवेदी र मिजल पराजुलीको टिम प्रथम हुँदै ३० हजार र ट्रफी जितेको हो ।

पर्वतको नमुना माविका मन्दीप क्षत्री, रोशन श्रेष्ठ र श्रेयासी पौडेलको टिम दोस्रो भयो । बागलुङको चिल्डे«न लाइफका प्रकाश रिजाल, निश्चल गौतम र मिकेश खड्काको टिम तेस्रो र पोखराको न्यू मोडलका एरिज पोख्रेल, सन्दीज बस्ताकोटी र हितमान गुरुङको टिम चौथो भयो । दोस्रो, तेस्रो र चौथोलाई क्रमश २०, १० र ५ हजार सहित ट्रफी प्रदान गरिएको मदरल्याण्डका प्लस टु इन्चार्ज नारायण आचार्यले बताए ।

मदरल्याण्ड म्याथ क्लब आयोजनामा भएको प्रतियोगितामा क्लब प्रेसिडेन्ट आशीष अधिकारीले उद्घाटन गरेका थिए । सो अवसरमा मदरल्याण्ड माविका प्राचार्य नारायण बराल, एकेडेमिक डिन प्रेमनारायण पोखरेल, प्लस टु इन्चार्ज नारायण आचार्य लगायतले प्रतियोगिताको महत्वबारे बोलेका थिए ।

प्रतियोगिताको सहजीकरण गणित शिक्षक विष्णुप्रसाद गौतमसहित गणित, विज्ञान र कम्प्युटर विभागका शिक्षकले गरेका थिए ।

स्वागत विद्यार्थी प्रतीक्षा पौडेल, गत वर्ष राष्ट्रियस्तरको म्याथ साइन्स क्वीजका च्याम्पियन विनायक बास्तोला तथा सञ्चालन एकेडेमी कोअर्डिनेटर इ.अनुप आचार्यले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width