पोखरा । गण्डकी प्रदेश सभामा नेकपा माओवादी संसदीय दलको ह्विप उल्लंघन गरेको फणिन्द्र देवकोटाको पद गएको छ । प्रदेशका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठक सुरु हुने बित्तिकै उनको पद गएको सूचना सुनाएका हुन् ।
संविधानको धारा १८० मा प्रदेश सभा सदस्यको पद रिक्त हुने सम्बन्धी व्यवस्था छ । सोही व्यवस्था बमोजिम स्थान रिक्त रहेको भनी सभामुखले प्रदेश सभा नियमावली २०८० को नियम २०७अनुसार प्रदेश सभामा जानकारी गराएका हुन् ।
यसरी रिक्त रहेको जानकारी प्रदेश सभा सचिवले प्रदेश मन्त्रिपरिषद र निर्वाचन आयोगलाई दिने र सो सम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने कानुनी प्रावधान छ ।
सभामुखले सूचना सुनाएसँगै उनको मन्त्री पद पनि जाने छ । तर उनी ६ महिनाका लागि मन्त्रीमा नियुक्त हुनसक्छन् । उनी मन्त्री हुने सम्भावना उत्तिकै छ । त्यसो भएमा उनले फेरि शपथ लिनुपर्नेछ ।
माओवादी पार्टी र प्रदेश सभाका सभामुखको निर्णयविरुद्ध देवकोटा सर्वोच्च अदालत जाने बताउँछन् । आफू माओवादीको नभइ नेपाल समाजवादी पार्टीको भएकाले माओवादीको यो निर्णय असंवैधानिक रहेको उनको दाबी छ ।
माओवादीको चिह्न लिएर चुनाव लडेका उनको पार्टी नेपाल समाजवादी पार्टी हो । प्रदेश सभामा उनी माओवादी सांसदकै हैसियतमा थिए । तर उनले आफूलाई नेसपाकै सांसद दाबी गर्दै आएका थिए ।
प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको दिने बेलामा उनले फ्लोर क्रस गरेका थिए । उनले फ्लोर क्रस गरेकै कारण पाण्डेका पक्षमा ३१ मत पुगेको थियो । पाण्डेका पक्षमा मत हालेको भोलिपल्टै देवकोटा प्रदेशको ऊर्जा तथा सिँचाइ तथा खानेपानी मन्त्री बनेका थिए ।
Related News
सम्बन्धित समाचार
रविलाई फेरि अदालत उपस्थित गराइँदै
हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार
को होला मिस पोखरा ?
जेठोबुढो जोगाउँदै पोखरा महानगर
नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा
hero news full width
मुख्य समाचार
विदेश छोडेर कागती खेती
नेपाल समाजवादी पार्टीको महाधिवेशन आगामी माघमा काठमाडौंमा हुने
कार्तिक ६, २०८१पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)
कार्तिक ६, २०८१पोखराको सहिदचोकमा पेट्रोल पम्प निर्माणमा अन्तरिम आदेश
कार्तिक ६, २०८१रवि हिरासतमा, समर्थक सडकमा
कार्तिक ६, २०८१अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्छौं: डा. भट्टराई
कार्तिक ६, २०८१