सुरौदी खोलामा डुबेर बालकको मृत्यु

आदर्श समाज सम्वाददाता
असार २, २०८१
IMG_0060

पोखरा । जिल्ला कास्की पोखरा महानगर वडा नं. ३३ बरपौवा घर भएका लक्ष्मण बि.क.को हराईरहेका छोरा वर्ष ९ को गणेश बि.क.लाई खोजि गर्ने क्रममा असार १ गते अन्दाजी साँझ ५ बजे बरपौवा नजिक सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोको पानी माथी निज बालकको चप्पल तैरिरहेको देखेपछी स्थानीय प्रहरी तथा बासिन्दाहरुबाट खोजतलासको लागि सशस्त्र प्रहरी बल कालिका गण कास्कीमा खवर गरे पश्चात कालिका गणबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोली परिचालन भई मिति २०८१/०३/०२ गते बिहान ०८:३० बजे निज बालकको शव खाल्डोको बीच भागको अन्दाजी २० फिट गहिराईबाट उद्धार गरेकोकालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए।

घट्ना के कसरी भयो भन्ने सम्बन्धमा अनुसन्धान नेपाल प्रहरीले गरिरहेको र घटनास्थल कालिका गणबाट अन्दाजी ३० किलोमिटर पूर्वतर्फ रहेको समेत एसपी शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width