माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

रासस
असाेज २८, २०८१
Accident

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

गोरखाबाट पोखरातर्फ जाँदै गरेका हवल्दार नहर्की सवार गण्डकी एए ओओ १५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको विद्युतीय माइक्रोले ठक्कर दिइ गम्भीर घाइते बनाएको थियो । घाइते नहर्कीको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते

    आदर्श समाज सम्वाददाता कार्तिक २६, २०८१
    पोखरा, २६ कात्तिक । बागलुङमा पिक अप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ जना घाइते छन्…
  • भ्रमणको बस दुर्घटना

    आदर्श समाज सम्वाददाता कार्तिक २३, २०८१
    पोखरा । दाङबाट पोखरा भ्रमणमा आएको बस दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बिहीबार दिउँसो करिब साढे १२…
  • बस दुर्घटनामा ४ जनाको मृत्यु

    रासस असाेज ३०, २०८१
    डडेल्धुरा । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी…
  • जिप दुर्घटनामा ७ जना घाइते

    आदर्श समाज सम्वाददाता असाेज १८, २०८१
    पोखरा, १८ असोज । स्याङ्जाको सिरुबारीबाट पोखरा आउँदै गरेको जिप दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । शुक्रबार…
  • २०९ को मृत्यु, २९ अझै बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । मुलुकभर ३ दिनयता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय ९…

hero news full width