नीति तथा कार्यक्रममाथिको छलफलमा आज पनि मुख्यमन्त्री अनुपस्थित

आदर्श समाज सम्वाददाता
जेठ ३२, २०८१
Gandaki Province

पोखरा । नीति तथा कार्यक्रममाथिको छलफलमा आज पनि मुख्यमन्त्री सुरेनद्रराज पाण्डसहित मन्त्रीहरु अनुपस्थित भएका छन् । ११ बजे सुरु हुने भनेको बैठक मन्त्रीहरु नआएकै कारण ४५ मिनेट ढिला गरी सुरु भएको थियो ।

घन्टी बजेको आधा घन्टासम्म सदनमा एकजना मन्त्री पनि पुगेनन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापा पुगेपछि बल्ल संसद बैठक सुरु भएको थियो ।

नीति तथा कार्यक्रम माथिको छलफलमा मुख्यमन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । हिजोको बैठकमा केही बेर बसेर मुख्यमन्त्री बाहिरिएपछि प्रतिपक्षी दल एमालेले सभामुखको ध्यानाकर्षण गराएको थियो ।

तर आज पनि मुख्यमन्त्री पाण्डे सदनमा पुगेनन् । आर्थिक मामिला, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र विपक्षी दलका नेता खगराज अधिकारी पनि आजको बैकठमा उपस्थिति भएनन् ।

ऊर्जा मन्त्री फणीन्द्र देवकोटा भने कारवाहीमा परेको हल्लापछि सदन र मन्त्रालय कतै गएका छैनन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग