जेठ २९ मा गण्डकीको नीति तथा कार्यक्रम, विश्वासको मत नपाउँदै गण्डकीका मुख्यमन्त्रीले संसदमा पठाए पत्र

आदर्श समाज सम्वाददाता
जेठ २७, २०८१
parle – 2081-02-11

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिँदैछन् । उनले सोमबार दिउँसो ३ बजे विश्वासको मत लिने गरी बैठक डाकिदिन सभामुखलाई आग्रह गरेका थिए । बैठक डाकिएको छ । २७ सीट रहेको कांग्रेसका सांसद मात्रै उनको पक्षमा छन् । बहुमतका लागि चाहिने ३१ सीट पुग्ने वा नपुग्ने पक्का छैन ।

तर पाण्डेले संसदमा नीति तथा कार्यक्रम पेस गर्ने सूचना पनि संसद सचिवालयमा पठाएका छन् । मंगलबार संसदमा नीति तथा कार्यक्रम पेस गर्न मुख्यमन्त्रीले पत्र पठाएका संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रम पनि ३ बजे नै ल्याउने छन् । विश्वासको मतको टुंगो नलाग्दै पाण्डेले नीति कार्यक्रम पेस गर्ने सूचना पठाउनुमा उनी विश्वासको मत पाउनेमा ढुक्क देखिन्छन् ।

पाण्डेलाई राप्रपा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले मत दिने सम्भावना छ । तर बाँकी रहेको एक मत पु¥याउन निकै गाह्रो हुने संसदका राजनीतिक दलहरु बताउँछन् । धेरैले माओवादीबाट चुनाव जितेका नेपाल समाजवादीका सांसद फडिन्द्र देवकोटाले फ्लोर क्रस गर्ने आँकलन गरेका छन् । यद्यपी अहिले देवकोटाले फ्लोर क्रस गर्ने सम्भावना निकै न्यून रहेको माओवादी सांसदहरुको भनाई छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width