संसद बैठक सुरु, मुख्यमन्त्री पाण्डेले राखे विश्वासको मतको प्रस्ताव

आदर्श समाज सम्वाददाता
जेठ २८, २०८१
448123354_409795794853821_6135109988169317342_n

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतका लागि संसदमा प्रस्ताव पेस गरेका छन् ।

सोमबार दिउँसोदेखि सुरु भएको संसद बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका हुन् । उनको प्रस्तावमाथि दलका नेताले छलफल गर्ने छन् ।

सर्वोच्च अदालतको परमादेशले संविधान धारा १६८ (३) बमोजिम कांग्रेस संसदीय दलका नेता पाण्डे दोस्रो कार्यकालका लागि उनी गत १६ जेठमा मुख्यमन्त्री नियुक्ति भएका हुन् । मुख्यमन्त्री नियुक्तिको ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । विश्वासको मतका लागि बहुमत अर्थात ३१ सांसदको मत आवश्यक पर्छ । प्रदेशसभामा कुल ६० सांसद छन् । सबैभन्दा ठूलो दल कांग्रेसका २७ सांसद छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width