एमाले अन्नपूर्णको अधिवेशन

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
Annapurna uml

पोखरा । नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिकाको दोस्रो अधिवेशन बुधबारदेखि सुरु भएको छ । अधिवेशन उद्घाटन गर्दै एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले एमालेलाई गर्विलो पार्टी बनाउन सबै लाग्नुपर्ने बताए । त्यस अवसरमा स्थायी कमिटी सदस्य थममाया थापा, पोलिटव्यूरो सदस्य जगत विश्वकर्मा, केन्द्रीय सदस्य राजीव पहारी, प्रदेश सदस्य विष्णुबहादुर केसी, नेपाली कांग्रेस पालिका सभापति मनपति भण्डारी, राप्रपा नेता हरिराम भण्डारी लगायतले अधिवेशनको शुभकामना दिए ।

अध्यक्षमा हालका अध्यक्ष विवेक देवकोटासहित ४ जनाको उम्मेदवारी परेको छ । अन्नपूर्ण २ बाट चूडामणि अधिकारी र ३ बाट चन्द्रबहादुर गुरुङ एवं सोमनाथ पौडेलले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा एकदेव देवकोटा, दानबहादुर केसी र सञ्जय पौडेल भिड्दै छन् । सचिवमा अन्नपूर्ण ११ का मिकास गुरुङ निर्विरोध भए ।

भूगोल (वडा) तर्फका ३३ सदस्य तथा युवातर्फका ७ जना सदस्य निर्विरोध भएको अध्यक्ष मण्डलका सदस्य भरतमान् गुरुङले बताए । उपसचिवतर्फ समावेशीमा पृष्पा पुन र खिमा भण्डारी तथा खुलातर्फ हेमराज अधिकारी र रामप्रसाद ढुंगानाको मनोनयन परेको छ ।

शुक्रबार बिहानसम्म सबै पदमा सर्वसम्मत प्रयास गरिने अध्यक्ष मण्डलले जनाएको छ । सहमति जुट्न नसके दिउँसो मतदान हुने कार्यतालिका रहेको छ ।

अध्यक्ष मण्डलको अध्यक्षमा राजीव पहारी तथा सदस्यमा दामोदर पौडेल वैरागी, विष्णुबहादुर केसी, भरतमान् गुरुङ र शिवकुमार पौडेल छन् ।

अधिवेशन सम्पन्न गराउन गौरीप्रसाद सुवेदीको संयोजकत्वमा ज्ञानबहादुर केसी, विष्णुप्रसाद अधिकारी र नवीन गिरी सदस्य रहेको निर्वाचन कमिटी पनि गठन गरिएको छ ।

पालिका अध्यक्ष विवेक देवकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम सहसचिव दानबहादुर केसीले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग