पोखरा । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेला बुधबार सकिएको छ । मेलामा २ सय ४५ जनाले रोजगारी पाएका छन् । मेला सोमबार सुरु भएको हो ।
रोजगारी पाएकामध्ये बालविकास सहजकर्ता प्रविना शाही, प्लम्बर विनय अधिकारी, कृषि प्राविधिक दीपेन्द्र आचार्य, इलेक्ट्रिसियन कृष्ण थापा मगर र तथ्यांक संकलक रंगिला बास्तोले बुधबार नै नियुक्ति पत्र बुझेका छन् ।
सिभिल इञ्जिनियर समीक्षा चापागाईं र अटोमोबाइलतर्फका दर्शन बराल लगायतलाई गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले नियुक्ति पत्र हस्तान्तरण गरे ।
आयोजकका अनुसार मेलामा विभिन्न ४० क्षेत्रमा १ हजार ८ सय १० जनाका लागि रोजगारी आह्वान भए पनि रोजगार खोज्न आउनेहरु त्यो भन्दा निकै कम आएका छन् । मेलामा निशुल्क सीप विकास तालिमका लागि १ सय ४६, रोजगारी खोजकर्ता २ सय २३, सीप परीक्षणका लागि ४५ ले फारम भरेका छन् ।
कार्यक्रममा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विभिन्न खाले रोजगारी सिर्जना गरेर देशलाई समृद्ध बनाउन सकिने बताए । नेपाल आमाले अहिले देशमै बसेर मुलुकलाई समृद्ध बनाऊ भनेर पुकार गरिरहेको उनको भनाइ थियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवसरको खोजी र बेरोजगारलाई रोजगारी दिलाउने मेलालाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
मेलाको पहिलो दिन ‘उद्यमशीलता रोजगारी र शिक्षा’, दोस्रो दिन स्टार्टअप तथा उद्यमशीलता प्रवद्र्धनमा सार्वजनिक निजी क्षेत्रबीच सहकार्य’ र ‘आन्तरिक श्रम बजार, अवसर र चुनौती’ तथा अन्तिम दिन बुधबार ‘व्यवसाय विकास र लगानीको वातावरण’ विषयमा छलफल भएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१