पोखरा । पोखरामा मिटरमा जान नमान्ने ट्याक्सी प्रहरी निशानामा परेका छन् । चालु आवको गत भदौदेखि हालसम्म प्रहरीले ५ सय ४ ट्याक्सीलाई कारबाही गरेको जनाएको छ । आइतबार पनि त्यस्ता १३ ट्याक्सी जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको पत्रकार सम्मेलन गरी जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले ट्याक्सी मिटरमा जान नमानेको भन्ने गुनासो आएपछि शनिबार ट्राफिक प्रहरीले अनुगमन गरेकोमा १३ वटालाई नियन्त्रणमा लिएको बताए । ती ट्याक्सीहरू पोखराका मुख्य चोकचोकबाट नियन्त्रणमा लिइएको हो ।
गत १ भदौदेखि लागु हुने गरी तत्कालीन भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जालीको पालामा ट्याक्सी मिटरमा चलाउनेबारे व्यवसायीबीच सहमति भई लागु भएको थियो । त्यसयता केही सुधार हुँदै आएको पाइन्छ । ८ महिनायता ट्राफिक कार्यालयले ५ सय ४ ट्याक्सीलाई मिटरमा जान नमानेको कसुरमा नियन्त्रणमा लिएको छ । जसबाट १४ लाख २८ हजार रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ ।
ट्याक्सी नियन्त्रणमा लिएपछि प्रहरीले थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाउने गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम ट्याक्सीमा मिटर नभएको वा ट्याक्सी मिटरमा जान नमानेको कसुरमा यातायात कार्यालयले २ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म जरिवानासहित कारबाही गर्ने गरेको छ ।
ट्याक्सी मिटरमा जान नमाने १०३ मा फोन गरी गाडी नम्बर र लोकेसन टिपाए तत्काल कारबाही गर्न सकिने प्रहरी निरीक्षक शर्माले बताए । उनले भने, ‘कतिपयलाई ट्याक्सी मिटरमा जान नमाने १०३ मा फोन गर्नुपर्छ भन्ने जानकारी नै छैन । चढ्ने बेलामा म मिटरमा जान्छु भन्नुपर्छ जान नमाने तत्काल फोन गरेमा ठाउँको ठाउँ कारबाही गर्छौं ।’ उनका अनुसार कानुन कार्यान्वयनमा सर्वसाधारण आफैं सचेत हुनुपर्छ ।
पोखरा क्षेत्रमा हाल करिब २५ सय हाराहारीमा ट्याक्सी चल्छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१