पोखरा । चितवनको खैरहनी नगरपालिका वडा नं ८ को आयोजना तथा साभ नेपालको सहजीकरणमा वैशाख ७ र ८ गते अभिभावक सचेतना कार्यक्रम सम्पन्न भयो ।
नगरप्रमुख शशीकुमार खनियाले कार्यक्रम उद्घाटन गर्दै बालबालिकामा देशको भविश्य रहेकाले सोही अनुसारका बालबालिकाको क्षमता विकासका लागि अभिभावक नै बढी जिम्मेवार रहने र संस्कारसहितको बालक विद्यालय प्रवेशसँगै उचित शैक्षिक वातावरणले मात्र असल नागरिक उत्पादन हुने हुँदा अभिभावकीय शिक्षा अति आवश्यक भएको बताए ।
खैरहनी वडा नम्बर ८ का कार्यवाहक अध्यक्ष श्याम पाठकको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा अधिकृत रविन देवकोटाले सञ्चालन र शिक्षा शाखा प्रमुख राजु बानियाले स्वागत गरेका थिए ।
शिक्षा शाखा प्रमुख राजु बानियाले बालकले पहिलो शिक्षा घरबाटै प्राप्त गर्ने हुनाले अभिभावक शिक्षा अपरिहार्य रहेकोमा जोड दिए ।
तालिममा साभ नेपालका अध्यक्ष डा. तुलसीराम खनालले प्रशिक्षण थिए । उनले बालबालिका बाबुआमाका लागि सर्वस्व हुन् र तिनीहरुलाई असल संस्कार दिने पहिलो जिम्मेवारी अभिभावककै भएको उल्लेख गरे । अभिभावकलाई आफ्ना सन्तानप्रति जिम्मेवारी बोध गराउँदै प्रशिक्षक स्वस्तिका तिवारीले अभिभावकलाई सहजीकरण गरेकी थिइन् ।
उनले भने, ‘बालबालिकाको पहिलो पाठशाला घर हो भने बाबुआमा पहिलो गुरु हुन् । घरबाट जस्तो शिक्षा र संस्कार लिएर बालक हुर्कन्छ त्यसको प्रत्यक्ष प्रभाव दीर्घकालीन समयसम्म रहिरहन्छ । आजको परिवेशमा परिवर्तन र सम्भावनासँगै बालबालिकालाई उचित सिकाइ वातावरण घरबाटै सुरु गर्न जरुरी देखिन्छ ।’ दोस्रो दिन वडाबासी अभिभावकको सक्रिय सहभागिता थियो । कार्यक्रममा सहजकर्ता टीका सापकोटा, सीतादेवी पौडेल र रमेशचन्द्र पुरीले अभिभावकलाई सहजीकरण गरेका थिए । तालिममा १ सय जना सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१