मिस नेपालको पोखरा अडिसन आज

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०८१
Miss Nepal Photo

पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेपाल प्रतियोगिताअन्तर्गत पोखरामा मंगलबार अभिमुखीकरण र बुधबार मुख्य अडिसन हुने आयोजकले जानकारी दिएको छ ।

युवतीहरूको सुन्दरता तथा क्षमताको परीक्षण गरिने यस प्रतियोगितामा १८ देखि २७ वर्षसम्मका युवतीहरू सहभागी बन्न सक्ने पोखरा अडिसन संयोजक दिवाकर राजकर्णीकारले जानकारी दिए । अडिसनका लागि इच्छुक युवतीहरूलाई आवेदन दिन आयोजकले आग्रह गरेको छ ।

सुन्दर तथा क्षमतावान् युवतीको खोजीका लागि पोखरापछि नेपालगञ्ज, वीरगञ्ज, इटहरी, भैरहवा, सुर्खेत, बिर्तामोड र काठमाडौंमा अडिसन गर्न लागेको राजकर्णीकारले जानकारी दिए । यसभन्दा अघि चितवनमा अडिसन भइसकेको उनले सुनाए । उनले मिस नेपालले नेपालको कला संस्कृति अन्तर्राष्ट्रिय तहमा लैजान महŒवपूर्ण सहयोग गरेको बताए ।

नेपालको प्राकृतिक सम्पदा तथा कला, संस्कृतिको प्रचार गर्दै पर्यटन प्रवद्र्धन गर्नका लागि यस्ता प्रतियोगिता महŒवपूर्ण मिस नेपाल वल्र्ड श्रीच्छा श्रेष्ठले बताइन् । ५ दशमलव ३ इन्च उचाइ भएका युवतीहरू यसमा भाग लिन सक्ने उनले सुनाइन् ।

निशुल्क आवेदन दिन सकिने अडिसनमा सबै क्षेत्रमा युवतीहरू जान सकिने मिस अर्थ डा. सरिसा श्रेष्ठले बताइन् । साउन १९ गते ग्रान्ड फिनाले हुने प्रतियोगितामा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल टाइटल जित्ने उनले जानकारी दिइन् ।

मिस नेपालको विजेताले मिस वल्र्डका लागि प्रतिष्पर्धा गर्दै आएका छन् । मिस वल्र्डमा सहभागी हुँदै मिस नेपालका विजेताहरू अहिलेसम्म उत्कृष्ट १२ मा पुग्न सफल भएका छन् । नेपालले ब्युटी विथ परपोज, मल्टिमिडिया अवार्ड र हेड टू हेड अवार्ड जित्न सफल भएका छन् ।

मिस नेपालमार्फत् नेपालले मिस वल्र्डका अलावा मिस अर्थ, मिस इन्टरनेसनल तथा मिस सुपरनेसनलमा सहभागिता जनाउने अवसर पाउनेछन् । यसअघि मिस युनिभर्समा समेत सहभागिता जनाएको नेपाल आगामी वर्ष भने उक्त प्रतियोगितामा सहभागी बन्ने अवसरबाट बञ्चित भएको छ ।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width