पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने सीपमूलक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । पोखरा ३२ कार्यालयको विशेष सहयोगमा भएको कार्यक्रममा विभिन्न वडाका ४० बढी किशोरीहरू लाभान्वित भए ।
बाल हितकारी परियोजनाका मीना थापा र संगीता भण्डारी तथा पुस्तकालयका धनु पहारी र कविता गैह्रेले सहजीकरण गरेको उक्त कार्यक्रम समापनका अवसरमा पोखरा २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले वडा नं ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीलाई विशेष सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै किशोरी लक्षित कार्यक्रमका लागि आफ्नो सधैं सहयोग रहने बताए ।
कार्यक्रममा दीपशिखा सामुदायिक पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारी, सचिव पदमप्रसाद अधिकारी,सदस्यहरू कमला भण्डारी, विष्णुहरि पौडेल, चन्द्रबहादुर गुरुङ, विश्वराज पौडेलका साथै सहभागीहरू जेनिशा नेपाली, जेनी थापामगर लगायतले बोलेका थिए ।
किशोरावस्थामा आउने परिवर्तन, समस्या र समाधानमा कार्यक्रम केन्द्रित भएको सहभागीले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१