पोखरा। ‘सबै मौसम पर्यटकका लागि खुला छ’ भन्ने सन्देश दिँदै घान्द्रुक पर्यटन महोत्सव सकिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति आयोजनामा ४ दिनसम्म चलेको महोत्सव शुक्रबार सकिएको हो ।
समापनमा प्रदेशसभा सदस्य प्रकाश बरालले पोखरा पर्यटकीय राजधानी घोषणा भैसकेको अवस्थामा महोत्सवले पर्यटकीय गतिविधि उचाइमा पुर्याउन सघाएको बताए । घान्द्रुकको पर्यटन क्षेत्रको विकास, बिस्तार र प्रचारमा सबै एकजुट हुनुपर्ने उनले जोड दिए ।
आयोजक समिति अध्यक्ष विक्रम गुरुङले महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताए । उनका अनुसार महोत्सवमा करिब १० हजार पर्यटक आए । समितिले महोत्सव अवधिमा घान्द्रुक घुम्ने पर्यटकलाई ३० प्रतिशत छुट दिएको महोत्सव संयोजक अमृत लामा गुरुङले बताए । महोत्सवका विभिन्न प्रतियोगितामा सहभागी खेलाडीलाई खाना र बस्नका लागि प्रतिव्यक्ति ६ सय रुयैयाँ निर्धारण गरिएको थियो ।
महोत्सवमा पर्यटक तथा दर्शकले घान्द्रुकमा उत्पादन भएको खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन लिएको उनले सुनाए ।
क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विद्यान स्पोर्टस् क्लबले जितेको छ । विद्यानले अन्नपूर्ण युवा क्लब किम्चेलाई ३–१ सेटमा पराजित १ लाख ११ हजार १ सय ११ रुपैयाँ जितेको हो । उपविजेताले ७० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको महोत्सव संयोजक अमृत गुरुङले बताए ।
बास्केटबल प्रतियोगिताको उपाधि टाइम्सले जित्यो । त्रिभुवन आर्मीलाई ५६–४७ अंकले पराजित गर्दै १ लाख रुपैयाँ हात पारेको हो । उपविजेताले ६० हजार रुपैयाँ पायो ।
घोडादौड उपाधि देवेन्द्र श्रीपालीले जिते । निर्धारित ९ किमी दुरी २२ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै उनले उपाधि चुमेका हुन् । कृष्ण थापा दोस्रो, विनोद थापा तेस्रो भए । विजयीले क्रमशः ५५ हजार, २७ हजार र ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । ठेलोमा स्याङ्जाका दुजिक थापामगर प्रथम र पर्वतका युवराज गुरुङ दोस्रो भए । उनीहरुले ८ हजार र ५ हजार पुरस्कार पाए ।
घान्द्रुकमा हाल ७० व्यवस्थित होटल र १७ होमस्टे सञ्चालित छन् ।
Related News
सम्बन्धित समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
hero news full width
मुख्य समाचार
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१