पोखरा । नेपाली कांग्रेसका नेता खेमराज पौडेलको निधन भएको छ । शुक्रबार बिहान उपचारका क्रममा पोखराको फेवासिटी अस्पतालमा उनको निधन भएको हो । ८१ वर्षे पौडेल फोक्सोको क्यान्सरबाट ग्रसित थिए ।
उनी कास्कीको तत्कालीन पुम्दीभुम्दी गाविस हाल पोखरा महानगरपालिका २२ पुम्दीमा बस्दै आएका थिए । पौडेल विद्यार्थीकाल देखि नै प्रजातान्त्रिक आन्दोलनमा सामेल हुँदै आएका थिए ।
उनको शुक्रबार नै अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टि अगाडि उनको शव केहीबेर नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिने भएको छ । पौडेलका १ पत्नी, २ छोरा र २ छोरी छन् ।
लामो समय निरन्तर राजनीतिमा खटिए पनि लाभको पदमा भने उनी पुगेनन् । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भए पछि रिक्त कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उनले टिकट पाएका थिए । उनी एमालेकी विद्या भट्टराईसँग पराजीत भएका थिए ।
Related News
सम्बन्धित समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
hero news full width
मुख्य समाचार
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१