पोखरा । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार कँडेललाई नेपालको संविधान १६८(२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
त्यसअघि कँडेलले एमाले, माओवादी र नेकपा (एकीकृत समाजवादी) गरी कुल २३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख परियारसमक्षक मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका थिए ।
कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् ।
गत बुधबार मुख्यमन्त्री राजकुमार शर्माले नेपालको संविधान १६९(१) बमोजिम राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले ७ दिनको समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । उनले २७ चैत साँझ साढे ५ बजेभित्र कर्णाली प्रदेशको मुख्यमन्त्री पदको दाबी गर्न आह्वान गरिएको हो ।
४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन बहुमत संख्या २१ चाहिन्छ । जसमा गठबन्धनको पक्षमा २४ जना (सभामुखसहित) सांसद छन् ।
कर्णालीमा सत्ता गठबन्धनमा मन्त्रालय भागवण्डाको विषय भने पेचिलो बन्दै गइरहेको छ । यसअघि यहाँ नेकपा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री थिए । तर केन्द्रको सत्तागठबन्धन फेरिएसँगै कर्णाली एमालेको भागमा प¥यो र उनले राजीनामा दिएसँगै कँडेल मुख्यमन्त्री बन्ने बाटो खुल्यो । कँडेल प्रदेशसभा निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र–२ (क)बाट निर्वाचित भएका थिए ।
प्रदेश सरकारको दोस्रो कार्यकालमा एमाले सरकारमा सहभागी भएको यो दोस्रो पटक हो । गत वर्ष १० पुसमा माओवादी–एमालेबीच बनेको गठबन्धन भत्किएपछि २६ चैतमा सरकारबाट बाहिरिएको एमाले त्यसको ठीक १ वर्षपछि नेतृत्वसहित सरकारमा गएको छ ।
Related News
सम्बन्धित समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
hero news full width
मुख्य समाचार
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१