पोखरा। गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्ति बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
गण्डकी प्रदेशसभाका सदस्य एवं कांग्रेस संसदीय दलका नेताको हैशियतमा सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्चमा उत्प्रेषणयुक्त परामादेशसमेत रिट दायर गरेका हुन् । पोखरा लामाचौर घई घर काठमाडौं निवासी सम्झना केसीलाई वारेस बनाएर प्रदेश प्रमुख डिल्लीराम भट्ट, प्रदेश प्रमुखको कार्यालय, गण्डकी प्रदेश समेत ४ जनालाई विपक्षी बनाइएको छ । रिटमा नेपालको संविधानको धारा ४६ तथा १३३ (२)(३) बमोजिम उत्प्रेषण परमादेश लगायतको जो चाहिने उपयुक्त आज्ञा, आदेश पूर्जी जारी गरी पाउँ भन्ने माग गरिएको छ ।
‘विपक्षीहरुले आफूलाई हकै नपुग्ने विषयमा अधिकार क्षेत्रात्मक त्रुटि गरी कार्य गर्नुभएको, अधिकारको प्रयोग गर्दा प्रवृत्त भावना लिई गलत ढंगले प्रयोग गरेको निजहरुको बद्नियत र स्वेच्छाचारिताका कारणले निवेदक मेरा उपर भेदभाव/अन्याय हुन पुगेको, विपक्षीहरुका प्रत्येक काम काबराहीहरु छलकपटपूर्ण भएको,’ निवेदनमा माग दाबी गरिएको छ, ‘मुलुकको संविधान कानुन र स्थापित नजीर परम्परा विपरीत देखिएकोले विपक्षी खगराज अधिकारीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा रही कामकाज गर्न रोकी म निवेदकलाई नै उक्त प्रदेशको मुख्यमन्त्री पदमा निरन्तरता दिन अन्तरिम आदेशसहितको उत्प्रेषणयुक्त परमादेश समेतको आदेश जारी गरी पाउँ ।’
गत २५ चैतमा सभामुखसमेतको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारीले मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख भट्टले नेपालको संविधान १६८(२) बमोजिम उनलाई नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री अधिकारीले सोही दिन पद तथा गोपनीयताको सपथ लिनुका साथै ३ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरिसकेका छन् ।
गत वर्षको चुनाव लगत्तै करिब ३ महिना मुख्यमन्त्री बनेका अधिकारीपछि यसै वर्षको २०८० वैशाख १५ मा पाण्डे मुख्यमन्त्री बनेका थिए । गत २३ फागुनमा माओवादीले समर्थन फिर्ता लिएकोमा उनले विश्वासको मत गुमाउने सक्ने आकलनमा गत २१ चैतमा पदबाट राजीनामा दिएका थिए ।
Related News
सम्बन्धित समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
hero news full width
मुख्य समाचार
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१