पोखरा । लायन्स क्लब अफ पोखरा सिभिकको अध्यक्षमा विकास कँडेल सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको शनिबार सम्पन्न अधिवेशनबाट लायन वर्ष २०२४/२५ को अध्यक्षमा कँडेल सर्वसम्मत निर्वाचित भएका हुन् ।
क्लबको प्रथम उपाध्यक्ष मित्रबन्धु बराल, द्वितीय उपाध्यक्ष गणेश पराजुली, तृतीय उपाध्यक्ष यज्ञप्रसाद तिवारी, सचिव हरिप्रसाद अधिकारी, क्लब प्रशासक विनोद बराल, कोषाध्यक्ष राजु कुँवर, सहसचिव मनमोहन अधिकारी, सहकोषाध्यक्ष रामचन्द्र अधिकारी चयन भए । क्लब मेम्बरसिप चियर पर्सनमा नवराज अधिकारी, एलसिआइफ कोर्डिनेटरमा दीपेन्द्रबहादुर आले निर्वाचित भएको क्लबले जनाएको छ ।
कार्यक्रममा डिस्ट्रिक्ट ३२५ आई नेपालका आगामी वर्षका डिस्ट्रिक्ट गभर्नर इलेक्ट विनोद ढुंगाना, क्लबका संस्थापक अध्यक्ष पवित्रराज तिवारी, पूर्व अध्यक्षहरू युवराज खनाल, बुद्धिराज बराल (प्रदीप), किरण ढकाल, रामकृष्ण तिवारी, निर्वाचन अधिकृत तथा निवर्तमान अध्यक्ष विनोद भुजेल लगायतले बोलेका थिए ।
क्लबका अध्यक्ष रेशम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष हरिप्रसाद अधिकारीले कोषबारे जानकारी गराए । क्लबका प्रथम उपाध्यक्ष विकास कँडेलले स्वागत र सचिव यज्ञप्रसाद तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम
hero news full width
मुख्य समाचार
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१