पोखरा । गण्डकीको मुख्यमन्त्रीमा दोस्रोपटक नियुक्त भएका खगराज अधिकारी प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (१) बाट निर्वाचित हुन् ।
यसअघि उनी २०७९ पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनको जीवनमा २५ को संयोग पनि गजबै देखिएको छ । उनको जन्म दिन चैत २५ गते हो । जन्मदिनकै दिन उनी दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका छन् । केन्द्रमा स्वास्थ्य मन्त्री भइसकेका उनी उक्त मन्त्रालयबाट २०७२ साल असोज २५ गते बाहिरिएका थिए ।
अघिल्लो कार्यकालमा मुख्यमन्त्री भएलगत्तै माओवादीले समर्थन फिर्ता लिएपछि उनको सरकार अल्पमतमा परेको थियो । २०८० वैशाख १५ गते कांग्रेसका सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीमा शपथ लिएपछि उनी बाहिरिएका थिए ।
निर्वाचनमा २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा कास्की क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका उनले २०५४ मा दलको सचेतकको जिम्मेवारी पाएका थिए । अधिकारी सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भए । उनले २०७० साल चैत १३ देखि २०७२ साल असोज २५ गतेसम्म स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी लिएका थिए । २०७४ सालको आमनिर्वाचन कास्की निर्वाचन क्षेत्र नं १ बाट विजयी बन्दै २०७८ साल जेठ २७ गते नेपाल सरकारको गृहमन्त्री नियुक्त भएका थिए । तर त्यतिबेला उनी १३ दिनमै सत्ताबाट बाहिरिएका थिए ।
Related News
सम्बन्धित समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
hero news full width
मुख्य समाचार
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१