पोखरा । गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई आज आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । संविधानको धारा १६८ को उपधार २ अनुसार अधिकारीलाई नियुक्त गरिएको हो ।
संविधान विपरीत मुख्यमन्त्री नियुक्ति गरेको भन्दै नेपाली कांग्रेस संसदीय दल गण्डकीले भने आपत्ति जनाएको छ ।
बहालवाला सभामुखलाई समेत गणना गरेर ३१ जना पुगेको भनेर गरिएको दाबी संविधान विपरीत रहेको दाबी दलका नेता सुरेन्द्रराज पाण्डेले गरेका छन् । दलका तर्फबाट प्रदेशप्रमुखलाई सोही अनुसारको ध्यानाकर्षण पत्र समेत बुझाइएको थियो ।
अधिकारीले दीपक मनाङे समेतकाे समर्थनमा ३१ जना सांसदको समर्थन रहेको भन्दै सरकार गठनका लागि आजै दाबी गरेका थिए । जसमा एमालेका २२ माअाेवादी सभामुखसहित ८ र मनाङे १ जना छन् ।
Related News
सम्बन्धित समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
hero news full width
मुख्य समाचार
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१