पोखरा । पोखरालाई पर्यटन राजधानी घोषणाको खुसीयालीसँगै यसपालि १९ औं फेवा नव वर्ष महोत्सव भव्य बनाउने तयारी भएको छ । नेपाली नयाँ वर्ष अवसरमा होटल संघ पोखरा, नेपालले यही चैत २९ देखि वैशाख १ सम्म १९ औं फेवा नव वर्ष महोत्सव आयोजना गर्न लागेको हाे ।
महोत्सवलाई विविध सांस्कृतिक कार्यक्रमसहित बृहतरुपमा आयोजना गरिने सोमबार पत्रकार सम्मेलनमा आयोजक संघ अध्यक्ष लक्ष्मण सुवेदीले बताए । ‘पर्यटन संस्कृति र खाना’ भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको सुवेदीले बताए । महोत्सवमा करिब ३ लाख जना दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
महोत्सव तयारीका लागि २१ समिति र एरिया संयोजक गठन गरिएको छ । महोत्सव अवसरमा संघमातहत होटलका प्रकाशित दररेटमा २० प्रतिशतसम्म छुटको घोषणा यसअघि नै गरिसकेको छ । महोत्सवमा विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल राखिने भएको छ । परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रहसन र पर्यटक दौड प्रतियोगिता महोत्सवको मुख्य आर्कषणमा रहेको उनले बताए ।
पोखरा र वरपरका १२ सय होटलमा ४० हजार बेड छन्
पोखरा र वरपरका १ हजार २ सय होटलमा ४० हजार विस्तारा रहेको, होटल संघ अन्तर्गत मात्र ४ सय ४७ होटल रहेको, लेकसाइड र ड्यामसाइड एरियामा ७ सय होटल रहेको र पोखराको पर्यटन क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको पनि अध्यक्ष सुवेदीले तथ्यांक सुनाए । अहिले पोखराका होटलमा ५० देखि ६० प्रतिशत हाराहारीको अकुपेन्सी रहेको पनि उनले बताए ।
होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले संघले पछिल्लो पटक निश्चित चौरमा नभई सडकमा नै महोत्सव आयोजना गर्न थालेपछि सहभागिता जनाउने पर्यटक र आगन्तुकको भीड क्रमश बढ्दै गएको बताए । नेपाली नयाँ वर्षका अवसरमा पोखरा घुम्न आउने पर्यटक संख्या पछिल्ला वर्षमा बढ्दै गएको र अहिले भारतीय पर्यटक संख्या समेत बढेको पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
सरकार माओवादी द्वन्द्वको समयमा होटल संघले यो महोत्सवको सुरुवात गरेर नमुना कार्य गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले बताए । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले धन्यवाद ज्ञापन गरेको पत्रकार सम्मेलनको सञ्चालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।
नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले महोत्सवलाई प्रवद्र्धन गरेका छन् । गोर्खा व्रुअरी प्रालि महोत्सवको मुख्य प्रायोजक हो । गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद् र होटल संघ नेपालले महोत्सवलाई सघाउने छन् । गत ४ चैतमा पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले विशेष समारोह आयोजना गरी पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
hero news full width
मुख्य समाचार
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१