म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान पढाउन प्रवासमा रहेका म्याग्दीवासीले रु १३ लाख सहयोग जुटाएका छन् ।
आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान पठनपाठन गर्न स्थायी ठेगाना शिख भई हाल बेलायत बसोबास गर्नुहुने दानबहादुर गर्बुजाको संयोजनमा सहयोग जुटाइएको हो ।
विद्यालयका प्रअ केदार कार्कीले प्रवासमा रहेकाहरु मिलेर २० थान डेक्सटप कम्प्युटर सहयोग गरेको बताउनुभयो । “ग्रामीण क्षेत्रको विद्यालयमा प्रविधिमैत्री आधुनिक शिक्षा प्रदान गर्न कम्प्युटर विज्ञान विषय पढाउने तयारी गरेका छौँ,” उहाँले भन्नुभयो, “विदेशमा रहनुभएका विद्यालयका पूर्वविद्यार्थी, अभिभावक र शुभचिन्तकले सहयोग रकम जुटाउनु भएको छ ।”
घनश्याम तिलिजा, लालबहादुर पाइजाका परिवारले शुक्रबार चार थान कम्प्युटर विद्यालयलाई हस्तान्तरण गर्नुभयो । १६ थान कम्प्युटर केही दिनमै विद्यालयमा ल्याउने तयारी छ । शिख उपल्लोस्वारा घर भई हाल बेलायत निवासी घनश्याम तिलिजाको परिवारले तीन थान डेक्सटप कम्प्युटरका लागि रु एक लाख ९५ हजार, विद्यालयको अतिरिक्त क्रियाकलाप कोषलाई रु दुई लाख नगदसहित चार थान भलिबल, बास्केटबल र एक थान भलिबलको नेट गरी कूल रु। दुई लाख ३६ हजार सहयोग गर्नुभएको छ ।
शिख मूलपानी घर भई हाल बेल्जियम निवासी लालबहादुर पाइजाको परिवारबाट एक थान डेक्सटप कम्प्युटर, आमा समूहलाई रु २० हजार, छात्राबासका लागि रु दश हजार गरी रु ९५ हजार सहयोग गर्नुभएको विद्यालयले जनाएको छ ।
कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयले गण्डकी प्रदेश सरकारको सहयोगमा छात्राबास सुविधा प्रदान गरेको छ । हाल ३० जना विद्यार्थीले छात्राबासको सुविधा लिएका छन् । प्रदेश सरकारले प्रतिविद्यार्थी दैनिक रु ६५ का दरले आवासीय विद्यार्थीलाई सहयोग गरेको छ । अपुग रकम दाताहरुको सहयोगमा जुटाइएको छ । विद्यालयमा एक सय ६७ विद्यार्थी अध्ययनरत छन् । रासस
Related News
सम्बन्धित समाचार
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
गैंडाकोटको अक्सफोर्ड कलेजका विद्यार्थीलाई बधाई एवं सम्मान
विन्ध्येश्वरी आदर्शमा निर्वाचन तथा स्वागत
फिस्टेल एसइई कप २०८१ को तयारी
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१