स्वास्थ्य शिविरमा २ सय जना लाभान्वित

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०८०
Pkr 13 Health Sibir Photo 1

पोखरा । पोखरा १३ मा भएको निशुल्क स्वास्थ्य शिविरबाट २ सय जनाले लाभ लिएका छन् । पोखरा वडा १३ र पोखरा नर्सिङ क्याम्पस संयुक्त आयोजनामा बिहीबार उक्त शिविर भएको हो ।

शिविरमा आँखा, ब्लड प्रेसर, मधुमेह लगायत रोगको उपचार गरिएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र दृष्टि आँखा हस्पिटल प्रालिको प्राविधिक सहयोगमा डा. सूर्यबहादुर हमाल र डा. किशोर भण्डारीको नेतृत्वमा शिविर भएको थियो । जसको व्यवस्थापन सहरी स्वास्थ्य केन्द्र पोखरा १३ ले गरेको थियो ।

शिविरमा ६० जनाको आँखा र १ सय जनाको मधुमेह, युरिन, ब्लड प्रेसर जाँच गरिएको सहरी स्वास्थ्य केन्द्र पोखरा १३ की जनस्वास्थ्य निरीक्षक राधा गरब्जाले बताइन् । उनले भनिन्, ‘धेरैको सुगर, युरिन र प्रोटिन जाँच गरिएको थियो । ६० जना जतिको आँखाको जाँच भयो ।’

शिविरमा निशुल्क रुपमा औषधीसमेत वितरण गरिएको वडाध्यक्ष किरण बरालले बताए । ‘जनताको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन शिविर सञ्चालन गरिएको हो,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका स्थानीयवासी वडामै स्वास्थ्य सेवा पाउँदा खुसी छन् ।’

Related News

सम्बन्धित समाचार

  • रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    लेखनाथ ।  पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले समुदायवाट संचालीत विद्यालय हाम्रा भएकाले हामीले नै वनाउनु पर्नेमा जोड दिएका छन् ।…
  • पोखरा आदर्शमा रेडक्रस सर्कल पुनर्गठन

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा युवा रेडक्रस सर्कलको पुनर्गठन भएको छ । कार्यसमिति अध्यक्षमा कक्षा १० का अविरल आचार्य,…
  • बड्स एकेडेमीमा सदन विभाजन

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । पोखरा–६, बैदामस्थित बड्स एकेडेमीले सदन विभाजन गरेको छ । कार्यक्रममा कक्षा २ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीलाई रातो,…
  • व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्‍यो क्याम्पसहरूसँग समझदारी

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा ।  पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ । महानगरपालिकाले पोखरा विश्वविद्यालय,…
  • पिसिएममा पाइथन प्रोग्रामिङ तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा…

hero news full width