पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजनामा अन्नपूर्ण गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनका लागि अन्तक्र्रिया भएको छ ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले भ्रष्टाचारका लागि अन्नपूर्णमा शून्य सहनशीलता कायम गरिएको जनाउँदै जनताको करमा गिद्दे नजर नराख्न सबैसँग आग्रह गरे । उनले कुनै न कुनै रुपमा देशैभर भ्रष्टाचार भइरहेको जनाउँदै नियमपूर्वक जनताको पक्षमा कार्य गर्न कर्मचारीलाई निर्देशन दिए । उनले गुणस्तरीय कार्य गर्न उपभोक्ता समितिको ध्यानाकर्षण समेत गराए ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका प्रमुख अश्मान तामाङले सदाचार तथा निष्पक्षतामा जोड दिए । घूस लिने र दिने उत्तिकै दोषी भएको उनको भनाइ थियो । उनले भ्रष्टाचारीलाई बहिष्कार गर्नुपर्ने भन्दै सुशासन निर्माणतर्फ होमिन जनप्रतिनिधि तथा कर्मचारीलाई सुझाव दिए ।
गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले भ्रष्टाचारविरुद्ध जुट्न सबैसँग आग्रह गरिन् । त्यसको निम्ति व्यक्तिगत सोच तथा आनीबानीमै परिवर्तन जरुरी रहेको धारणा राखिन् ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले भ्रष्टाचार विरुद्ध जुट्नु सबैको अभिभारा भएको उल्लेख गरे । राज्यकोषको हिनामिना गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समितिका प्रतिनिधि, प्रधानाध्यापक तथा शिक्षक लगायतको सहभागिता रह्यो ।
त्यस अवसरमा अख्तियार कार्यालय पोखराका प्रमुख तामाङले भ्रष्टाचार नियन्त्रण सम्बन्धमा सहजीकरण गरे । उनले सदाचार, निष्पक्षता, निर्भीकता, जवाफदेहिता, पेशागत विशिष्टता, सिर्जनशीलता, कर्तव्यनिष्ठता, विनम्रता जस्ता विषय आयोगका संस्थागत मूल्य मान्यता भएको जनाए । कार्यक्रमको आयोग पोखरा कार्यालयका कम्प्युटर अपरेटर राजुप्रसाद रेग्मीले सञ्चालन गरे ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१