पोखरा । सरकारी कागजातहरू चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–८ नयाँ बजारमा रहेको पोखरा महानगरपालिकाको भण्डारको रूपमा रहेको र हाल सहरी स्वास्थ्य केन्द्रको भवनबाट कागजात चोरी भएका थिए । गत चैत १२ गते राति करिब साढे तीन बजेको समयमा भएको चोरीमा संलग्न पोखरा महानगरपालिका–९ का २८ वर्षीय सुवीर थापा मगर र २९ वर्षीय सरोज थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।
उनीहरूले भवनको ताल्चा फुटाएर पोखरा महानगरपालिकाको घर नक्साको अभिलेख चोरी गरेका थिए । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान गर्दै जाँदा कागजात सहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ३९ थान कागजात समेत बरामद भएका छन् । दुवै जनालाई चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
बेंसीसहरका ४ औषधी पसललाई जरिवाना
वनमा आगो लगाउने पक्राउ
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
hero news full width
मुख्य समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१