पोखरा । सिनेमा हेरिसकेपछि प्रतिक्रियाका लागि कास्कीमा रिभ्यू बक्स स्थापना गरिएको छ । चलचित्र पत्रकार संघ (चपस) नेपाल, कास्कीले पोखराका दुई मल्टिप्लेक्स सिनेमाघर मिडटाउन र सिनेप्लेक्समा रिभ्यू बक्स राखेको हो । शुक्रबार एक समारोहबीच मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वा र सिनेप्लेक्सका म्यानेजर राजन पुरीले सोको उद्घाटन गरे ।
नेपालमै पहिलो पटक सिनेमाघरमा रिभ्यू बक्स राखिएको कास्कीको दाबी छ । मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वाले हलमा रिभ्य बक्स उदाहरणीय कार्य भएको बताए । उनले यसको संरक्षण र निरन्तरतामा पनि जोड दिए । रिभ्यू बक्सले सिनेमा हेर्न आएका दर्शकलाई प्रतिक्रिया दिन सहज हुनुका साथै सिनेमाको विकासमा मद्दत मिल्ने बताए ।
सिनेप्लेक्सका म्यानेजर राजन पुरीले चपस कास्कीसँग सहकार्य गरेर रिभ्यू बक्स स्थापना गर्न पाउँदा खुसी लागेको बताए । उनले यसबाट नेपाली सिनेमाको सम्बद्र्धन र प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिए ।
चपस कास्की संस्थापक अध्यक्ष श्रीराम सिग्देलले यो अभ्यास नेपाली चलचित्र क्षेत्रमा उदाहरणीय बन्ने बताए । संस्था अध्यक्ष प्रभू अधिकारीले नेपाली सिनेमाको विकास र प्रवद्र्धनका लागि संस्था निरन्तर लागिरहेको बताए ।
शुक्रबार रिलिज नेपाली फिल्म ‘महाजात्रा’ हेरिसकेपछि पोखराका पत्रकार एवं दर्शकले रिभ्यू बक्समा प्रतिक्रिया दिएका छन् । ती प्रतिक्रियामध्ये एक सातापछि लक्की ड्रमार्फत २ जना विजेता घोषणा गर्ने संस्थाका सचिव सन्तोष बस्यालले बताए ।
विजेताले मिडटाउन सिनेमाज र सिनेप्लेक्समा २÷२ वटा फिल्मटिकट र पपकन निशुल्क प्रदान प्राप्त गर्ने छन् । यस्तै, दमदार बिरयानी र क्लाउड नाइनमा खाजा व्यवस्था हुनेछ । एक महिनापछि विजेताबीच समेत प्रतिस्पर्धा आधारमा १ जना विजेतालाई बन्जी नेपालले निशुल्क बन्जी सुविधा दिनेछ ।
बक्स स्थापनामा परिचयबाट समेत सहयोग प्राप्त भएको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
२२ महिनामा पनि बनेन हरिचोक–याम्दी खण्डको २ किमी सडक
पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै
पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम
hero news full width
मुख्य समाचार
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
अर्जुन र सुस्मिता बने वर्ष खेलाडी
वैशाख २८, २०८१दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
वैशाख २८, २०८१साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
वैशाख २८, २०८१मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
वैशाख २८, २०८१सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
वैशाख २७, २०८१